कर्णालीमा नयाँ सत्ता समीकरण : एमाले र नेकपाका नेता काठमाडौं जाँदै

कर्णालीमा नयाँ सत्ता समीकरण : एमाले र नेकपाका नेता काठमाडौं जाँदै

वीरेन्द्रनगर : कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका नेताहरू काठमाडौं जान लागेका छन् । प्रदेशमा देखिएको सत्ता साझेदारी, अविश्वास प्रस्ताव र नयाँ सरकार गठनबारे अन्यौल बनिरहेका बेला उनीहरु काठमाडौं जान लागेका हुन् ।

शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संसदीय दलका नेता यामलाल कँडेल तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाही आइतबार काठमाडौं जाँदैछन् । नेकपा संसदीय दलका नेता शाहीले शनिबार पार्टी केन्द्रले गरेको नयाँ राजनीतिक सहमतिका आधारमा प्रदेश सरकार गठनका बिषयमा पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं जान लागेको बताए । उनले भने, ‘नयाँ सहमतिका आधारमा प्रदेश सरकारको गठन गर्न पार्टी नेतृत्वसँग छलफल गर्नुछ । हामी दुई ठूला राजनीतिक दलहरु मिलेर बन्ने प्रदेश सरकारको प्रभावकारी कार्यसम्पादनका लागि पनि दुबै पार्टीका केन्द्रीय नेतृत्वसँग छलफल हुन्छ ।’

केन्द्रमा एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भए पनि कर्णाली प्रदेशको सत्ता समीकरण भने एमाले र नेकपाका लागि त्यति सहज छैन् । नेकपाकै पहलमा कांग्रेससँग मिलेर एमाले नेतृत्वको सरकारबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपाले प्रदेशको नेतृत्व लिनका लागि फेरि एमालेकै साथ लिनुपर्ने अवस्था आएको छ । कर्णालीमा नेपाली कांग्रेससँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एमाले र नेकपाबीचको सम्बन्ध चिसिएको थियो ।

यता नेकपा एमालेका प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले आफू आफ्नो व्यक्तिगत कामका लागि काठमाडौं जान लागेको बताए । उनले भने, ‘म मेरो व्यक्तिगत कामका लागि काठमाडौं जान लागेको हुँ । तर काठमाडौं गएका बेला पार्टीको नेतृत्वसँग भेटघाट भने होला। तर प्रदेश सरकारको बिषयमा मलाई अहिलेसम्म कुनै दलले समन्वय गरेका छैनन् । यति कसैले गरे पनि प्रदेश सरकार गठनका बिषयमा काठमाडौंमा छलफल हुँदैन ।’ यहाँको बिषयमा कर्णालीमै छलफल हुन्छ । प्रदेशमा उत्पन्न राजनीतिक विवादलाई समाधान गर्दै नयाँ सत्ता समीकरणलाई कार्यान्वयन गर्ने उद्देश्यले शीर्ष नेतृत्वले प्रदेशका नेताहरूसँग प्रत्यक्ष छलफल गर्न लागेको स्रोतले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.