धनगढीमा डा. केसीको सत्याग्रह विश्वविद्यालय सुदृढीकरणकै पक्षमा : प्रदीप पौडेल

धनगढीमा डा. केसीको सत्याग्रह विश्वविद्यालय सुदृढीकरणकै पक्षमा : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री प्रदीप भट्टराईले डा.गोविन्द केसीले सुरू गरेको सत्याग्रह दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ गर्ने पक्षमा रहेको बताएका छन्। तर,विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्‍याउने प्रयास भइरहेको उनको भनाइ छ।

उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० शय्याको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।

आइतबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै जनशक्ति परिचालन गरे अत्यन्त न्यून लागतमा अस्पताल सञ्चालन गर्न सकिने बताएका हुन्।

भट्टराईले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहँदा गेटा अस्पताल सञ्चालन तथा एमबीबीएस पठनपाठन सुरू गर्न आर्थिक वर्ष २०८२ र ०८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको दाबी गरेका छन्। त्यतिबेला स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भए पनि अस्पतालको क्षमता अभिवृद्धि गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा भएको उनको भनाइ छ।

पौडेलले गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै व्यावहारिक उपाय भएको उल्लेख गर्दै यसो नगरी विश्वविद्यालयको औचित्य पुष्टि नहुने र एमबीबीएसको पठनपाठनसमेत सुरू गर्न नसकिने बताएका छन्।

सत्याग्रहका क्रममा अस्वस्थ्य भएपछि उनलाई प्रदेश अस्पताल कैलालीमा भर्ना गरिएको छ।
 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.