एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित हुँदा ओमान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ । 

समूह चरणको अन्तिम खेलमा हङकङसँग १५४ रनले पराजित हुँदै ओमान समूह ‘बी’ को उपविजेताको रुपमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्ने छ । त्यस्तै , दोस्रो सेमिफाइनलमा मलेसिया र हङकङले खेल्ने छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियालाई १६७ रनले हराएको हो । सेमिफाइनल खेल आइतबार बिहान ९ः३० बाट सुरु हुनेछ । एसियन गेम्स छनोटका फाइनल खेल जेठ २५ गते (सोमबार) हुनेछ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.