राजनीतिक होइन, समृद्धिको ढोका खोल्न दिल्ली आएको हुँ : रवि लामिछाने

राजनीतिक होइन, समृद्धिको ढोका खोल्न दिल्ली आएको हुँ : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समृद्धिको ढोका खोल्न आफू नयाँ दिल्ली आएको बताएका छन्। उनले यसअघि नेताहरू राजनीतिक ढोका खोल्न नयाँ दिल्ली धाउने गरेको उल्लेख गर्दै आफू भने 'समृद्धिको ढोका' खोल्ने उद्देश्यसहित आएको दाबी गरे।

प्रवासी नेपालीहरूसँगको साक्षात्कार कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले नेपाल अहिले सरकारको सुरुवाती चरणमा रहेको भन्दै अझै धेरै काम बाँकी रहेको बताए।

'कहिलेकाहीँ सरकारको वातावरण बिग्रियो भन्ने हल्ला तपाईँसम्म आउन सक्छ, तर ती हल्ला नपत्याउनु होला। हामी विकास गर्न आएका हौं,' उनले भने।

उनले राजनीतिक भागबण्डा अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आफ्नो दल परिवर्तनको एजेन्डासहित अघि बढिरहेको दाबी गरे। 'हामी भागबण्डा होइन, परिवर्तन गर्न आएका हौं,' उनले भने।

सभापति लामिछानेले आफूहरूका लागि यात्रा सजिलो नभए पनि असम्भव नरहेको उल्लेख गर्दै 'हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छु भन्ने भावनासहित राष्ट्रिय स्वतन्त्र पार्टी ले सुरुवाती कदम चालेको बताए।

भारत भ्रमणका क्रममा पाएको सम्मानबारे उल्लेख गर्दै उनले त्यो सम्मान व्यक्तिगत नभई प्रवासी नेपालीहरूको योगदान र छबिका कारण प्राप्त भएको बताए।

'मलाई र पार्टीलाई कुनै लाभको आवश्यकता छैन, मेरो उद्देश्य देशको उन्नति मात्र हो,' उनले भने। उनले प्रवासी नेपालीलाई माटो नबिर्सन आग्रह गर्दै आफूहरू माटो छोडेर आए पनि त्यसको भावनाबाट टाढा नभएको बताए। उनले विदेशमा रहेका नेपालीको छबि कायम राख्न पनि आग्रह गरे।

लामिछानेले प्रवासी नेपालीका समस्या अब रास्वपा नेतृत्वको सरकारले सुन्ने र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै समृद्ध नेपालको सपना भाषणमा होइन, व्यवहारमा परिणत हुँदै गएको दाबी गरे। 

भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नबिनलगायतसँग भेटवार्ता गरेका थिए। उक्त भेटहरूमा नेपाल-भारतबीचको बहुआयामिक सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री मोदीले रास्वपा नेतृत्वको सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.