परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत भ्रमणमा जाँदै
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमै रहेका बेला हुन लागेको परराष्ट्र मन्त्री खनालको भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।

मन्त्री खनाल तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जान लागेका हुन्। उनी असार २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ। 

दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयको भनाइ छ।
परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमण आदानप्रदानको नियमित प्रक्रियाअन्तर्गत हुन लागेको यो भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.