सार्वजनिक पद धारण गरेका कांग्रेसीहरूले सम्पत्ति विवरण बुझाउँछन् : गगन थापा

सार्वजनिक पद धारण गरेका कांग्रेसीहरूले सम्पत्ति विवरण बुझाउँछन् : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै भदौ २३ र २४ गते युवाहरूले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए।

वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गर्न आयोग बनाएकाले आफू र कांग्रेसका सबै सदस्यको विवरण बुझाउने उनले बताए। उनले न्यायालयमा काम गरेका केही पूर्वन्यायमूर्ति र केही राजनीतिक दलका नेताहरूले विवरणहरू नबुझाउने भनेकामा यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको बताए।

उनले सम्पत्तिको छानबिन गर्न आयोगले अब सम्पत्ति छानबिनको प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। सभापति थापाले सरकारले गठन गरेको आयोगले गर्ने कामहरूको स्वच्छता र पारदर्शितामाथि भने प्रश्न उठ्न नहुने तर्क गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.