खोटाङको सल्लेमा एक घर, एक धारा : ३१ घरपरिवार लाभान्वित

खोटाङको सल्लेमा एक घर, एक धारा : ३१ घरपरिवार लाभान्वित
सुन्नुहोस्

सुनसरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा एक घर, एक धारा कार्यक्रम गरिएको छ। गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि ३१ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका हुन्।

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका स्थानीय बासिन्दाले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन्। स्थानीय खोलाको मुहानबाट लिफ्टिङ प्रविधिमार्फत पानी तानेर बस्तीमा वितरण गरिएको हो। आयोजना निर्माणको काम ७२ दिनभित्र उपभोक्ता समिति तथा नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिए। उनका अनुसार आयोजनाअन्तर्गत २६ घरमा निजी र २ वटा सार्वजनिक धाराहरू जडान गरिएका छन्। 

विद्यालय र मगर समुदायका लागि सामुदायिक भवन निर्माण समेत भएको छ। खानेपानी आयोजनाको कुल लागत ५३ लाख रुपैयाँ रहेको छ। जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले ४६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने स्थानीय उपभोक्ताले ७ लाख रुपैयाँ बराबरको श्रमदान तथा नगद सहभागिता जनाएका छन्। 

खानेपानी आयोजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन्। 

खानेपानी आयोजनाको हस्तान्तरण कार्यक्रममा बोल्दै हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले स्थानीय सरकार र विकास साझेदारबीचको सहकार्यले ग्रामीण क्षेत्रको विकासलाई थप गति दिने बताइन्। उनले भनिन्, ‘सल्लेका नागरिकका लागि खानेपानी ठूलो समस्या थियो। ट्रष्टले स्थानीय सरकारसँग सहकार्य गर्दै दुर्गम बस्तीका नागरिकलाई घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ। यो सहयोग केवल पूर्वाधार निर्माण मात्र होइन, नागरिकको जीवनस्तर सुधार गर्ने महत्वपूर्ण सामाजिक योगदानका रूपमा रहेको छ।’

उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता साझेदारीलाई निरन्तरता दिइने बताइन्।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.