अमेरिकी ड्रोन खसाएको इरानको दावी
इरान : इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) ले आइतबार बिहान एक अमेरिकी MQ–१ ड्रोन खसालेको दावी गरेको छ । रिभोलुसनरी गार्डको वक्तव्य अनुसार, उक्त ड्रोन ‘इरानी समुद्री सीमामा प्रवेश गरेर कारबाही गर्न खोजिरहेको थियो, जसलाई तुरुन्तै पहिचान गरिएको र आईआरजीसीका आधुनिक मिसाइलहरू प्रयोग गरी निशाना बनाएर खसालिएको’ हो ।
इरानी मिडिया रिपोर्टहरूका अनुसार, आईआरजीसीको एयर डिफेन्सले चेतावनी दिँदै भनेको छ, ‘इरानको समुद्री सीमा पूर्णरूपमा नियन्त्रणमा छ र कुनै पनि आक्रमणको कडा जवाफ दिइनेछ ।’ अमेरिकी सेन्ट्रल कमान्डले आईआरजीसीको यस दाबीसँग सम्बन्धित कुनै प्रतिक्रिया दिएको छैन । इरान–अमेरिकाबीच शान्ति वार्ताको प्रयास जारी रहे पनि पछिल्लो समय फेरि वतावरण बिग्रँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस !