काठमाडौं : सरकारले मूल्य अभिवृद्धिकर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएका हुन्।
यस्तै सरकारले सूचीकृति कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने व्यवस्था गरेको छ।
एनआरएनलाई धितोपत्रमा लगानी गर्न आवश्यक कानुन परिमार्जन गरिने अर्थमन्त्री वाग्लेले बताए।
प्रतिक्रिया दिनुहोस !