खाडीजस्तै गर्मी, सर्वसाधारणलाई सास्ती
बुटवल : मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लाहरूमा अझै ३ दिन तातो हावा चल्ने जनाएको छ। त्यसको पूर्वतयारी गर्नका लागि महाशाखाले सरकारलाई आग्रह गरेको छ।
पहाडी जिल्लाहरूको तुलनामा तराई क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको गर्मीले सर्वसाधारण बढी प्रभावित भएका छन्। बुटवल र पाल्पा क्षेत्रमा पर्ने तिनाउ नदीमा गर्मी छल्न पौडी खेल्न गएका ४ जना भारतीय नागरिकसहित पाँच जनाले ज्यान गुमाइसकेका छन्। अझै तीन दिन तातो हावा अर्थात ‘लु’ लाग्ने भएकाले विपद् व्यवस्थापन प्रतिकार्यसँग जोडेर पूर्वतयारी गर्न सरोकारवाला निकायले सुझाव दिएका छन्।
यस्तो छ ३ दिनको मौसम
गर्मी छल्न तिनाउमा पौडिदा ५ जनाको मृत्यु
बुटवल र पाल्पाको संगलमस्थल तिनाउ गाउँपालिका पाल्पास्थित तिनाउ नदीमा गर्मी छल्न सर्वसाधारणहरूको दिनहुँ बाक्लो उपस्थिति हुने गरेको छ। तिनाउ नदी पौडी खेल्न गएका नागरिकहरूले भरिभराउ हुने गरेको छ। भारतीय सिमानाका नजिक भएकाले नेपालीको तुलनामा भारतीय नागरिकहरू तिनाउमा पौडी खेल्न पुग्ने गरेका छन्। तर, उनीहरूलाई भूगोलको बारेमा स्पष्ट जानकारी नहुँदा केहीले अकालमै ज्यानसमेत गुमाएका छन्।
प्रहरी चौकी दोभान पाल्पाका प्रहरी सहायक निरीक्षक मोहन खड्काले पछिल्लो समय भारतका नागरिकहरू तिनाउ नदीमा गर्मी छल्न अत्यधिक रूपमा आउने गरेको जानकारी दिए। ‘भारतका विभिन्न ठाउँबाट नागरिकहरू गर्मी छल्न यो क्षेत्रमा आउने गरेका छन्’, उनले भने, ‘पौडी खेल्ने क्रममा चार जना भारतीय र एक जना नेपाली नागरिकहरूको डुबेर मृत्यु भएको छ।’
उनका अनुसार भारतको गोरखपुर, लखनउ, नयाँ दिल्ली, राजीस्थान, नौत्वना लगायतका क्षेत्रबाट भारतीय नागरिकहरू आउने गरेको उनले जानकारी दिए। तिनाउ नदीमा पौडी खेल्दा कुन क्षेत्रमा कति गहिराई छ भन्ने कुरा भारतीय नागरिकलाई जानकारी नहुँदा डुबेर मृत्यु हुने गरेको पाइएको खड्काले जानकारी दिए। उनीहरूलाई सचेतनाका लागि सडक छेउका विभिन्न क्षेत्रमा सचेतना होर्डिङ बोर्डहरू राख्ने गरेको उनको भनाइ छ। ‘जोखिम बढ्दै गएपछि तिनाउ नदीमा पौडी खेल्ने कामलाई रोक्ने काम भइरहेको छ’, उनले भने, ‘नागरिकहरूलाई सचेतना र जोखिम नियन्त्रणका कामहरू सँगै गरिएको छ।’ उनले विपद् व्यवस्थापनका लागि प्रहरीसँग पर्याप्त जनशक्ति र स्रोत साधनको अभाव हुने गरेको समेत गुनासो गरे। स्थानीय तहसँग सहकार्य गरेर विपद्को व्यवस्थापन गरिएको उनले सुनाए। तिनाउ नदीको गहिराई जानकारी नहुँदा भारतीय नागरिकहरूले अकालमै ज्यान गुमाउने गरेको पाइएको उनले सुनाए।
नागरिकहरू आफैंमा सचेत हुनुपर्छ
तिनाउ नदीसहित विभिन्न खोलाहरूमा पौडिदा नागरिकहरूको ज्यान जान थालेपछि त्यसलाई रोक्न लागि पाल्पा र रुपन्देहीको संयुक्त बैठक बसेर मनसुनजन्य विपद् प्रतिकार्य योजना बनाइएको रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।
‘गर्मीबाट बढी प्रभावित हुने भनेको वृद्धवृद्धा र बालबालिका हुन्’, उनले भने, ‘स्थानीय तहहरूलाई यसबारे पूर्वतयारी गर्नका लागि आग्रह गरेका छौं। जिल्लामा पनि विपद् पूर्वतयारीको अवस्था गरेका छौं।’ स्थानीय तहहरूको सहकार्यमा जिल्लाभर सचेतनाका कार्यक्रमहरूलाई बढी जोड दिइएको उनले जानकारी दिए। ठूलाठूला नदीहरूमा गर्मी छल्ने बाहनामा पौडी खेल्न नजानका लागि उनले नागरिकहरूलाई आग्रहसमेत गरेका छन्।
तिनाउ नदीसहित विभिन्न खोलाहरूमा पौडिदा नागरिकहरूको ज्यान जान थालेपछि त्यसलाई रोक्न लागि पाल्पा र रुपन्देहीको संयुक्त बैठक बसेर मनसुनजन्य विपद् प्रतिकार्य योजना बनाइएको छ। गर्मीबाट बढी प्रभावित हुने भनेको वृद्धवृद्धा र बालबालिका हुन्। स्थानीय तहहरूलाई यसबारे पूर्वतयारी गर्नका लागि आग्रह गरेका छौं। जिल्लामा पनि विपद् पूर्वतयारीको अवस्था राम्रो छ। स्थानीय तहहरूको सहकार्यमा जिल्लाभर सचेतनाका कार्यक्रमहरूलाई बढी जोड दिइएको छ। ठूलाठूला नदीहरूमा गर्मी छल्ने बाहानामा पौडी खेल्न नजानका लागि उनले नागरिकहरूलाई आग्रहसमेत गरेका छन्।
मेघनाथ पाध्या,निमित्त प्रमुख जिल्ला अधिकारी
संघीय सरकारले दिएको सातामा दुई दिन बिदाले स्थानीय तहमा काम गर्दा धेरै समस्या छ। गर्मी बढ्दै गएपछि विद्यालयहरूमा स्वतः बिदा दिनुपर्ने हुन्छ। तर, सरकारले माथीबाट दुई दिन बिदा दिएको छ। केन्द्र सरकारको एउटै निर्णयले सबै भूगोलमा निर्णय गर्दा कार्यान्वयनमा समस्या हुने गरेका छन्। विपद् व्यवस्थापनका बारेमा उपमहानगरपालिकाले पूर्वतयारीका कार्यक्रमहरू बनाएको छ। विद्यालयहरूमा धेरै विदा दिँदा पठनपाठन प्रभावित हुने गरेको छ। यसबारे केन्द्र सरकारले विचार पुर्याउनुपर्छ। ।
खेलराज पाण्डेय, नगरप्रमुख, बुटवल उपमहानगरपालिका
अत्यधिक गर्मी भयो भने। सम्बन्धित पालिकाहरूले विद्यालय बन्द गर्नुपर्ने। जिल्लास्तरमाः जिल्लाका समितिले पनि अनुरोध गरेको छ। उनले रुपन्देही, पाल्पासहित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सम्मिलित अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेरसमेत विपद्को पूर्वतयारी कार्ययोजना बनाइएको जानकारी गराए।
बिदामाथि बिदा दिँदा समस्या छ
संघीय सरकारले दिएको सातामा दुई दिन बिदाले स्थानीय तहमा काम गर्दा धेरै समस्या हुने गरेको बुटवल उपमहानगरपालिकका नगरप्रमुख खेलराज पाण्डेयले प्रतिक्रिया दिए। ‘गर्मी बढ्दै गएपछि विद्यालयहरूमा स्वतः बिदा दिनुपर्ने हुन्छ’, उनले भने, ‘सरकारले माथीबाट दुई दिन बिदा दिएको छ। केन्द्र सरकारको एउटै निर्णयले सबै भूगोलमा निर्णय गर्दा कार्यान्वयनमा समस्या भएको छ।’ विपद् व्यवस्थापनका बारेमा उपमहानगरपालिकाले पूर्वतयारीका कार्यक्रमहरू सार्वजनिक बनाउनेसमेत उनले जानकारी गराए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले गर्मीयाम सुरु भएसँगै बिरामीहरूको चाप दिनहुँ बढ्दै गएको प्रतिक्रिया दिए। गर्मीबाट धेरैजसो वृद्धवृद्धा र बालबालिकाहरू बढी जोखिममा पर्ने गरेको उनको भनाइ छ।
तिनाउमा पौडी खेल्ने क्रममा बुटवल उपमहानगरपालिका वडा नम्वर ११ देवीनगरका २३ वर्षीय सुदीप हिताङ घाइते भएको प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्केका छन्। बुटवलका युवा एवं शिक्षक प्रकाश खनालले पछिल्लो समय जलवायु परिवर्तनले गर्दा खडेरीको धेरै जोखिम हुने गरेको प्रतिक्रिया दिए। ‘वनजंगल मास्ने मात्र काम भइरहेको छ’, उनले भने, ‘जंगल फडानी गरेर मात्र हुँदैन्, त्यसको संरक्षण गर्नुपर्छ। जथाभावी डोजर लगाउनु पनि खडेरीको प्रमुख कारण बनेको छ।’
उनले वातावरण संरक्षणको वारेमा तीन तहका सरकारले विशेष जोड दिनुपर्नेमा उनले सुझाव दिए। सरकारका अब आउने नीति, कार्यक्रम र बजेटमा जलवायु संरक्षणमा ध्यान दिनुपर्ने उनले जोड दिए।
तराईका जिल्लामा सञ्चालित विद्यालयहरूमा गर्मीको समयमा दैनिक पठनपाठन गराउन धेरै चुनौती हुने गरेको खनालले जानकारी गराए। ‘आर्थिक रूपमा सवल विद्यालयहरूले त पठाउने बेला एसीको व्यवस्थापन गरेका होलान’, उनले भने, ‘तर, केही यस्ता विद्यालयहरू पनि छन् जसले शिक्षकहलाई नियमित तलब खुवाउन सकेका छैन, ती विद्यालयहरूमा सरकारले ध्यान दिनुपर्छ।’ गर्मी मौसमलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशेष कार्यक्रमहरू ल्याउन उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !