काभ्रेमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
काठमाडौं : काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्नु पर्नेछ।
प्रतिक्रिया दिनुहोस !