पोखरामा ५ सय रोपनीमा तरबुजा खेती, ५ करोडको आम्दानी हुने आकलन

पोखरामा ५ सय रोपनीमा तरबुजा खेती, ५ करोडको आम्दानी हुने आकलन

पोखरा : पोखरामा ५ सय रोपनी जमिनमा यस वर्ष तरबुजा खेती गरिएको छ। गत वर्ष २ सय रोपनीमा तरबुजा खेती हुँदा २ करोडबराबरको कारोबार भएकोमा यस वर्ष बढेर ५ करोड बराबरको उत्पादन हुने आकलन गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

पोखरामा यस वर्ष सबैभन्दा धेरै तरबुजा खेती एउटै किसानले ३५ रोपनी क्षेत्रफलमा गरेका छन्। पोखरा महानगरपालिका १३ को आर्वा, कसेरीलगायत क्षेत्र र पोखरा ३३ मा पनि तरबुजा खेती गरिएको छ। यहाँको तरबुजा गुणस्तरीय उत्पादन भएकाले उपभोक्ताले मन पराएपछि किसान उत्साहित भएका छन्। तीन वर्ष अघि १० रोपनी क्षेत्रफलमा लगाइएको तरबुजा खेती उत्पादन राम्रो हुनुका साथै उपभोक्ताले पनि मन पराएपछि किसान उत्साहित भएका हुन्।

गत वर्ष तरबुजा बिक्री गरेर २ लाख रुपैयाँ आम्दानी गरेको किसान रोशन बरालले बताए। तरबुजा खेतीबाट भएको आम्दानीबाट आफू उत्साहित भएको बताए। यस वर्ष गत वर्षभन्दा बढी क्षेत्रफलमा खेती गरेकोले १० लाख बढी कारोबार हुने आशा गरिएको पनि उनले बताए। यस वर्ष पानी धेरै परेकाले फल कुहिने समस्या देखिएकाले ३० प्रतिशत बढी नोक्सान पुर्‍याएको पनि उनले बताए। तरबुजा खेतीबाट भएको आम्दानीले कामका लागि विदेश नै जानुपर्छ भन्ने नरहेको उनले सुनाए।

धेरै जमिनमा खेती गर्ने किसान सम्मानित
पोखराको वडा नम्बर १३ को कार्यालय परिसरमा हालै भएको तरबुजा मेलामा मेलामा सबैभन्दा धेरै जमिनमा खेती गर्ने किसानलाई सम्मान गरिएको छ। 
सबैभन्दा धेरै ३५ रोपनी जमिनमा खेती गर्ने पोखरा ३३ तिखेढुगा बाघमाराका रामेश आचार्यलाई १० हजार रुपैयाँ र सम्मन पत्र दिएर सम्मान 
गरिएको छ।

गत वर्ष २ सय रोपनीबाट २ करोड कारोबार भएको थियो । यस वर्ष ५ करोडबराबर उत्पादन हुने अनुमान गरिएको छ। एउटै किसानले सबैभन्दा धेरै ३५ रोपनीमा तरबुजा खेती गरेका छन्। अत्यधिक वर्षाले ३० प्रतिशतसम्म क्षति तर बजार उत्साहजनक।

यसै गरी २४ रोपनी क्षेत्रफलमा खेती गर्ने पोखरा २१ का ज्ञानबहादुर कार्कीलाई ७ हजार रुपैयाँ र सम्मान पत्र दिइएको थियो। यसैगरी, तेस्रो धेरै क्षेत्रफल २२ रोपनीमा खेती गर्ने पोखरा २२ का सुन्दर बराललाई ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो। २० रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने पोखरा १३ का श्रीधरलाल बरालले सान्तन्ना पुरस्कार स्वरूप ३ हजार रुपैयाँ र प्रमाण पत्र पाएका छन्। यसरी किसानलाई सम्मान गर्दा कृषि कर्ममा लाग्न थप प्रेरणा मिलेको किसानले बताएका छन्।

मेलामा १० लाख बराबरको तरबुजाको कारोबार भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। पोखरा महानगरपालिकाले तरबुजा खेतीका लागि प्राविधिक सहयोगका साथै बिउलगायतमा अनुदान दिएको थियो। महानगरपालिकाले तरबुजाको न्यूनतम मूल्य ३५ रुपैयाँ तोकेको छ। किसानले मेलामा ५५ रुपैयाँ किलो बिक्री गरेका थिए। किसानले बारीबाटै ६० रुपैयाँ किलो बिक्री गर्दै आएको किसान रोशन बरालले बताए। किसानलाई उत्पादनमा प्रोत्साहन गर्न महानगरपालिकाले निरन्तर आवश्यक सहयोग गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.