फिर्केखोलामा बनेका संरचना आज हटाउँदै पोखरा महानगरपालिका

फिर्केखोलामा बनेका संरचना आज हटाउँदै पोखरा महानगरपालिका
सुन्नुहोस्

पोखरा : पोखराको मुख्य बजार भएर फेलातालमा मिसिने फिर्खेखोलाको खोलाघरमा बनेका संरचना पोखरा महानगरपालिकाले आज बिहान १० बजेदेखि हटाउँदै छ । 

महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरेर बनाएका संरचना हटाउन दिएको ३५ दिनको समय सिमा शनिबार सकिएलगतै आइतबार देखि खोलाकघरमा (खोलाको जमिनमा) बनेका संरचना हटाउन लागेको हो ।महानगरपालिकाले यस अघि फिर्के खोलाको अवस्था अध्ययन गर्न काले २०८० साउन २ गते प्राविधिक समिति गठन गरेको थियो । प्राविधिक समितिले ८ किलोमिटर भित्रको फिर्केखोलाको खोला घर मिचेर ५३ वटा स्थायी र १०७ वटा अस्थायी संरचना बनेको सार्वजनिक गरेको थियो । 

फेवातालमा मिसिने फिर्केखो खोलाघर मिचेर बस्ती बस्न थालेपछि घरका फोहोर पानी र बजारको ढलका कारण फेवाताल प्रदूषणको चपेटामा परेको छ । फेवातालमा मिसिने फिर्केखोलामा जथाभावी फोहार फ्याँकिदा ताल प्रदूषणको चपेटामा पर्दै गएको हो ।  प्लाष्टिक जन्य फोहोर र माटो गेगर समेत फिर्के खोला हुँदै पोखरा ६ र १७ नम्बर वडाको गाईघाट स्थित तालमा मिसिदा ११ रोपनी बढी ताल क्षेत्र चौरमा परिणत भएको पोखरा महानगरपालिकाले जनाएको छ।  प्राविधिक समितिले खोलाको प्राविधिक सिमांकन पश्यात खोलाघर छुट्याउन  २०८० भदौ २ गते ५८८ वटा सिमा स्तम्भ गाडेको थियो ।  सिमास्तम्भ गाडेपछि  २०८० कात्तिक १० गते महानगरपालिकाले खोला घर भित्रका संरचना  हटाउन ३५ दिने सूचना जारी गरेको थियो । यस अघि सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो। 

उच्च अदालतले महानगरपालिकाको सूचनाउपर उत्प्रेषण रपरमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानरपालिकालाई अतिक्रमण हटाउन कानुनी बाटो खुलेको थियो ।  फिर्खेखोला पोखरा महानगरपालिकाको वडा नम्बर १८ बाट सुरु भएर वडा नम्बर २, ४, ५, ७, ८, ६ र १७ नम्बर हुँदै फेवातालमा पुगेर टुँगिन्छ । खोला अतिक्रमणका र प्रदूषणका कारण खोलाको जैविक विविधतामा पनि असर परेको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड ६ मिटर कायम गरेको छ । मापदण्ड कायम गर्दा अझै धेरै संरचना हटाउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

यस अघि तत्कालिन पोखरा उपत्यका नगर विकास समितिको अगुवाईमा २०७० मा फिर्खेखोला घरमा बनेका संरचना हटाउन डोजरले समान्य क्षति पुर्‍याएपनि संघ संस्था र स्थानीयले भवन पुन मर्मत गरेर जस्ताको तस्तै बनाएका थिए । यस पटक भने महानगपालिकाले दिएको समय सिमा सकिन लाग्दा केही संघ संस्थाले घर खाली गरेर झ्याल ढोका फोरेर लगेका छन् । 

लायन्सय क्लब अफ पोखरा फिस्टेल सिटीले महानगरपालिकाको निणर्यलाई स्वागत गर्दै  पोखराको जिरो किलोमिटर स्थित फिर्केखोलामाथी बनेको भवन खाली गरेर झ्याल ढोको फोरेर लगेको छ । क्लबका पूर्वअध्यक्ष प्रेमबहादुर जिसीले महानगरपालिकाको निणर्यको स्वागतगर्दै भवन खाली गरिएको बताए । 

पोखरा महानगरपालिकाले फिर्खे खोलाको तीन ठाउँबाट खोलाघरमा बनेका संरचना आइतबारबाट हटाउने जनाएको छ । पोखरा महानगरपालिकाले पोखराका सार्वजनिक जमिनमा बनेका सबै क्षेत्रका संरचना हटाउन ३५ दिने समय दिएको थियो । त्यो समय आज सकिदै छ । पोखराको मुख्य बजार पृथ्वीचोक बस पार्क क्षेत्रमा बनेका संरचना हटाउन महानगरपालिकाले शनिबार थप १५ दिनको समय थपेको छ । सुकुम्बासी पहिचान र व्यवस्थापनलाई ध्यानमा राखेर महानगरपालिकाले समय थपेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.