काभा महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पाँचौं सेटमा पराजित
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेलमा ३-२ ले पराजित भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई २१-२५, २५-२०, २५-१९, २१- २५ र १५-९ ले हराएको हो ।
भारतले दोस्रो, तेस्रो सेट र पाँचौं सेटमा जित दर्ता गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। पहिलो हाफमा कमब्याक गर्दै नेपालले पहिलो हाफ आफ्नो पक्षमा पारेको हो।
दोस्रो हाफको सुरुवात समयबाट नेपालले अग्रता लिएको थियो। तिनैको अग्रता हुँदै दोस्रो हाफ सुरु गरेको नेपालले १० बराबरी, १५ बराबरीसम्म प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको नेपालले २५-२० ले गुमायो। तेस्रो हाफ पनि नेपालले २५-१९ ले गुमायो।
तेस्रो सेटमा भने नेपालको समायोजनमा समस्या देखियो। दोस्रो र तेस्रो सेट लगातार गुमाएको नेपालले चौथो सेटमा उत्कृष्ट कमब्याक गर्यो। सुरुवाती समयदेखि नै लय समाउँदै नेपालले २५-२१ को जित दर्ता गर्यो। पाँचौं सेटमा पुगेको खेलमा भारतले सुरुवाती समयदेखि नै अग्रता बनाउँदै जित दर्ता गरेको हो।
नेपालका लागि ५ खेलाडीको डेब्यु
नेपालको लागि सुनिता खत्री, मीना सुनार र सलिना मगर, जस्मा महतो र बसन्ती साउदले राष्ट्रिय टिममा डेब्यु गरेका हुन्। लिबेरो सलिना श्रेष्ठलाई रिप्लेस गर्दै सुनिता खत्रीले राष्ट्रिय टिमको लागि मैदानमा उत्रिएकी हुन् ।
कप्तान निरुता ठगुन्नालाई प्रतिस्थापन गर्दै मीना सुनारले सिनियर टोलीमा डेब्यु गरिन्। कामना बिष्टलाई प्रतिस्थापन गर्दै सलिना बुढा मगरले राष्ट्रिय टिमका लागि कोर्टमा उत्रिइन्। सेटर जस्ना महतोले नियमित सेटर प्रगति नाथलाई प्रतिस्थापन गर्दै राष्ट्रिय टिममा डेब्यु गरेकी हुन्। नेपालको लागि छैटौं डेब्युटेन्टको रुपमा बसन्ती साउदले अर्की डेब्युटेन्ट सुनिता खत्रीलाई प्रतिस्थापन गर्दै तेस्रो सेटमा नेपालका लागि भारत विरुद्ध डेब्यु गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस !