काठमाडौं : एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङले नेपाललाई १८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुरको सिंगा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १८८ रन बनाएको हो।
हङकङको लागि ओपनर ब्याटर अन्सुमन राथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरे। चौथो विकेटका लागि अन्सुमनले विकेट किपरब्याटर साहिद वासिफसँग ८४ रनको साझेदारी बनाए। सुरुवाती २ विकेट सस्तैमा गुमाएको हङकङका लागि अन्सुमनले एकतर्फबाट पारी सम्हाले। उनले तेस्रो विकेटको लागि शिव माथुरसँग ४८ रनको साझेदारी बनाएका थिए।
शिव माथुरले व्याक्तिगत २६ रन बनाउँदा, विकेट किपर साहिद वासिपले ५५ रनको अर्धशतकीय पारी खेले। त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको लागि शेर मल्लको बलिङ घातक सावित भयो। उनले नेपालको लागि ४ ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिए। करण केसीले २ र सन्दीप लामीछानेले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !