विरोधकै बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
काठमाडौं : बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् ।
बिहीबार बसको प्रतिनिधिसभाको दोश्रो बैठकमा विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही अघि बढाएपछि बिपक्षी दलका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
उनीहरुले वेल घेराउ गर्दै निरंकुश सरकार मुर्दावाद, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद, संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगायतका नारा लगाएका थिए ।
बिपक्षीको विरोधका बाबजुद प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ भने वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस !