पर्यापर्यटनको केन्द्र बन्दै प्यूठानको झाँक्रीढुंगा

पर्यापर्यटनको केन्द्र बन्दै प्यूठानको झाँक्रीढुंगा
सुन्नुहोस्

प्यूठान : झाँक्रीढुंगा, गौमुखी गाउँपालिका–३ रजवारा प्यूठानमा अवस्थित एक ऐतिहासिक तथा धार्मिक महत्त्वको ढुंगा हो। मनोकांक्षा पूरा हुने जनविश्वासका साथ यहाँ पूजाआजा गरी बोकाको बलि दिने प्रचलन छ। 

धार्मिक आस्थाका आधारमा मात्र नभई पछिल्लो समय पर्यापर्यटनका सन्दर्भले समेत यहाँ पर्यटहरू पुग्ने गरेका छन्। झाँक्रीढुंगा पर्यटन विकास समिति गठन गरी यहाँका स्थानीयले पर्यटन प्रवर्द्धनको काम गर्दै आएका छन्।

धार्मिक आस्थाको ऐतिहासिक तथा पुरातात्विक स्थलका रूपमा रहेको झाँक्रीढुंगालाई पर्यटकीय स्थलको रूपमा पूर्वाधार विकास गर्न स्थानीय लागि परेका छन्। झाँक्रीढुंगा पर्यटन विकास समिति गठन गरी यहाँ पूर्वाधारको काम सुरु गरेका हुन्। पुँजारीको व्यवस्थापन गरी भेटिको संरक्षण गर्ने, बाउन्ड्री तथा मन्दिर निर्माण, त्रिशूल तथा आलम राख्ने, रेलिङ बनाउने काम गर्दै आएको समितिका अध्यक्ष गोवर्धन थापाले बताए।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा अवस्थित झाँक्रीढुंगामा पूजाआजा गरी बोकाको बलि दिने प्रचलन छ। मनोकांक्षा पूरा हुने विश्वासका साथ यहाँ भक्तजनहरू पुग्ने गरेका छन्। 

३ सय वर्ष पुरानो इतिहासल बोकेको यस स्थलमा मनोकांक्षा पूरा हुने विश्वासका साथ दैनिकजसो पूजाआजा हुँदै आएको छ। बुधबार र बिहीबार पुजारीले पूजाआज नगर्ने भए पनि यहाँ भक्तजनहरू दैनिक जसो पुग्दै आएका छन्। यहाँ मगर जातीका पुजारी छन्। रजवारा गाउँमा हरेका ४ थरीका मगरहरूको प्रतिनिधिका रूपमा ४ जना पुजारीको व्यवस्था गरिएको विकास समितिले जनाएको छ।

स्याउलिवाङ गाउँका बुढामगर र छन्त्यालहरूबीच द्वन्द्व हुँदा छन्त्यास जातिले यहाँ भाकल गरी आफ्नो योजना पूरा गरेदेखि नै यहाँ पूजाआजा हुन थालेको अध्यक्ष थापाले बताए। झाँक्रीढुंगालाई स्थानीयले देवालय सरह मान्ने गर्छन्। अलग्यै झुन्डिएको देखिने यहाँको ठूलो ढुंगा आकर्षणका रूपमा रहेको छ। यस ढुंगामा शक्तिशाली देवताको वास रहेको विश्वास गरिन्छ। परम्परागत रूपमा झाँक्रीहरू (धामी/झाँक्री) यहाँ आएर पूजा, साधना तथा विधि गर्ने गर्थे, जसका कारण ढुंगाको नाम झाँक्रीढुंगा रहन गएको हो। 

खानेपानी सुविधा पुर्‍याउन सकेमा वनभोज आउने पर्यटकहरूलाई समेत भित्त्याउन सकिने स्थानीय बताउँछन्। खानेपानी सुविधाका लागि योजनाको डीपीआर भइसकेको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताए। लिफ्टमार्फत भए पनि खानेपानी सुविधा पुर्‍याउन १ करोड २५ लाख लागत आवश्यक पर्ने डीपीआरमा उल्लेख भएको उनले जनाए। 

झाँक्रीढुंगासँगै रहेको रानीताल यहाँको अर्का आकर्षण हो। राणाकालीन समयमा राजाको मृत्यु भएपछि रानी पनि सति जाने प्रचलनको प्रयोजनका लागि यहाँ रानीवन बनाइएको हो। यहाँको दाउरा रानीको अन्तिम संस्कारमा उपयोग गरिने गरेको स्थानीय बताउँछन्। यही वनको टापुरा ताल रहेको छ।

स्याउलिवाङ, रजवारा गाउँबाट बसाइँ सरी गएकाहरू यहाँ नियमित पूजाआजा, दर्शन र भ्रमणका लागि आउने गरेका छन्। झाँक्रीढुंगा सडक सञ्जालसँग जोडिएपछि अहिले यहाँ पुग्ने पर्यटकहरूको संख्यामा समेत वृद्धि भएको छ। प्यूठानसँगै छिमेकी जिल्लाहरू रोल्पा, बागलुङ, दाङ, कपिलवस्तु, बाँके, रूपन्देही, अर्घाखाँचीबाट पर्यटकहरू आउने गरेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.