लाक्पाको ११ औं ऐतिहासिक सगरमाथा आरोहण

लाक्पाको ११ औं ऐतिहासिक सगरमाथा आरोहण
सुन्नुहोस्

ओखलढुङ्गा : विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरो टेक्दै ‘माउन्टेन क्विन’ उपनामले चिनिने लाक्पा शेर्पाले नयाँ कीर्तिमानी रचेकी छिन् ।

‘माउन्टेन क्विन’ उपनामले चिनिने शेर्पाले आज बिहान सगरमाथाको सफल आरोहण गरी महिलातर्फ विश्वमै सर्वाधिक आरोहण गर्ने आफ्नो ऐतिहासिक कीर्तिमानलाई थप उचाइमा पुर्‍​​​याएकी हुन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै दुवै आरोहीहरूले आजैका दिन नेपालको राष्ट्रिय ध्वजालाई सगरमाथाको शिखामा फहराउन सफल भएकी हुन् ।

आज बिहान ९ः३० बजे ‘माउन्टेन क्विन’ लाक्पा शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् । सगरमाथा आधार शिविर (बेसक्याम्प) मा तैनाथ पर्यटन विभागको फिल्ड कार्यालयले आरोही शेर्पाको यो अभूतपूर्व र सफल आरोहणको आधिकारिक पुष्टि गरिसकेको छ ।

 

संखुवासभाको मकालु क्षेत्रमा जन्मिएकी लाक्पा शेर्पाको पर्वतारोहण इतिहास संसारकै महिलाहरूका लागि ठूलो प्रेरणाको स्रोत हो । सन् २००० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी लाक्पाले पुरुषप्रधान मानिने पर्वतारोहण क्षेत्रमा महिलाहरू पनि अद्वितीय र साहसी हुन सक्छन् भन्ने प्रमाणित गरेकी छिन्  ।

हिमालप्रतिको आफ्नो अगाध लगावका कारण उनले हरेक आरोहणमा नयाँ रेकर्ड कायम गर्दै आएकी छिन् । आजको सफलताले उनको त्यो रेकर्डलाई अरु मजबुत बनाएको छ । पर्यटन विभागले आरोही शेर्पालाई बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्वतारोहण क्षेत्रलाई प्रवद्र्धन गरेकोमा आभार प्रकट गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.