रसियन तेल खरिदमा दिइएको छुट नवीकरण नहुने, विश्वभर इन्धनको मूल्य बढ्ने संकेत

रसियन तेल खरिदमा दिइएको छुट नवीकरण नहुने, विश्वभर इन्धनको मूल्य बढ्ने संकेत
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रसियाली कच्चा तेल खरिदमा दिँदै आएको 'प्रतिबन्ध छुट' लाई नवीकरण नगर्ने निर्णय गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले यो छुटको म्याद थप नगरेपछि शनिबार अर्थात् १६ मे देखि यो स्वत: निष्क्रिय भएको छ।

इरानसँगको तनाव र होर्मुज जलडमरू बन्द भएका कारण सुरु भएको तेल अभावलाई कम गर्न अमेरिकाले केही समयका लागि यो छुट दिएको थियो। तर अब यो म्याद सकिएसँगै भारतसहित विश्वभर नै कच्चा तेलको मूल्य थप महँगिने र ऊर्जा संकट बढ्ने संकेत देखिएको छ।

 भारत रसियन कच्चा तेलको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक हो। प्रतिबन्धमा छुट पाएसँगै अप्रिल र मे महिनामा भारतले कीर्तिमानी मात्रामा रसियन तेल आयात गरेको थियो। अब यो छुट अन्त्य भएसँगै भारतीय प्रशोधन केन्द्र हरूले कानुनी जोखिम र भुक्तानीको समस्या झेल्नुपर्ने देखिएको छ । 

 इरानले विश्वकै प्रमुख तेल आपूर्ति मार्ग  होर्मुज जलडमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगिसकेको छ। यस्तोमा रसियन तेलमाथि पुनः कडा प्रतिबन्ध लाग्दा बजारमा तेलको अभाव अझ बढ्ने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.