ट्रम्पले भने–आईएसआईएसका ‘दोस्रो कमाण्डर’ मारियो

ट्रम्पले भने–आईएसआईएसका ‘दोस्रो कमाण्डर’ मारियो
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र नाइजेरियाली सेनाले अफ्रिकामा सञ्चालन गरेको सैन्य अभियानमा विश्वव्यापी रूपमा आईएसआईएस का ‘दोस्रो कमाण्डर’ मारिएको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी र नाइजेरियाली संयुक्त अभियान ‘पूर्ण रूपमा सफल’ भएको र विश्वकै सबैभन्दा सक्रिय आतंकवादीमध्ये एक अबु–बिलाल अल–मिनुकीलाई मारिएको बताएका हुन् । अल–मिनुकीलाई सन् २०२३ मा अमेरिकाले ‘विशेष रूपमा चिन्हित विश्व आतंकवादी’ घोषणा गरेको थियो ।

नाइजेरियाली सेनाले भने हालसम्म उक्त कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन । यदि यो पुष्टि भयो भने, सन् २०१९ मा आईएसका नेता अबु बकर अल–बग्दादी मारिएपछि यो आईएसका लागि अर्को ठूलो धक्का हुन सक्छ । बीबीसीले यसबारे प्रतिक्रिया लिन अमेरिकी सरकार र नाइजेरियाली अधिकारीहरूसँग सम्पर्क गरेको जनाएको छ ।

अबु बकर इब्न मुहम्मद इब्न अली अल–माइनुकीका नामले पनि चिनिने अल–मिनुकीले अफ्रिकाभर आईएससँग सम्बन्धित समूहहरू सञ्चालन गर्दै आएका थिए । विशेष गरी लेक चाड क्षेत्र र साहेल क्षेत्रमा सक्रिय ‘इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स’) सँग उनको निकट सम्बन्ध रहेको बताइएको छ । यस समूहको प्रभाव नाइजर, चाड र मालीसम्म फैलिएको छ । ट्रम्पको पोस्टमा अभियान कहिले र कसरी सञ्चालन गरियो भन्ने विस्तृत विवरण भने दिइएको छैन ।

ट्रम्पले अल–मिनुकीको मृत्यु आईएसको अफ्रिकी र विश्वव्यापी सञ्जालका लागि ठूलो धक्का भएको बताएका छन् । यसले आईएसको आर्थिक स्रोत र कमाण्ड संरचनामा असर पर्ने उनको भनाइ छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारलाई ‘सहकार्य’ का लागि धन्यवाद दिँदै अब मिनुकीले अफ्रिकाका मानिसहरूलाई आतंकित पार्न वा अमेरिकीहरूलाई लक्षित गर्ने योजना बनाउन नसक्ने बताएका छन् ।

नाइजेरिया र अमेरिकाबीच चरमपन्थी हिंसाविरुद्ध लड्न पछिल्लो समय सैन्य सहकार्य बढिरहेको छ । गत अप्रिलमा नाइजेरियाको उत्तरपूर्वी आदामावा राज्यमा फुटबल मैदानमा भएको आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएपछि आईएसले त्यसको जिम्मेवारी लिएको थियो । त्यसैगरी, गएको क्रिसमसमा अमेरिका र नाइजेरियाले संयुक्त रूपमा नाइजेरियाको सोकोटो राज्यमा आईएससँग सम्बन्धित समूहलाई लक्षित गर्दै हवाई आक्रमण गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.