तातोपानीे नाकाबाट ५६ लाखको भेपसहित सात जना पक्राउ

तातोपानीे नाकाबाट ५६ लाखको भेपसहित सात जना पक्राउ

सिन्धुपाल्चोक : नेपाल–चीनबीचको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको १,६२० थान विद्युतीय चुरोट (भेप) सहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

नाकाको सीमावर्ती क्षेत्रस्थित भोटेकोशी गाउँपालिका– ३ गंजेखोलाबाट प्रहरीले सो परिमाणमा भेपसहित सात जनालाई नियन्त्रणमा लिएको हो । ९ वटा बोराले छोपेर काटुनभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा भेप बरामद गरेको प्रहरीले जनाएको छ । ‘चिनियाँ जंगल क्षेत्र छिचोल्दै भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै कोदारी राजमार्गको दशकिलो निस्कने भित्रि बाटो प्रयोग गरेर भेप ल्याइएको रहेछ,’ ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले भने, ‘९ वटा बोराले छोपेर काटुनभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा १ हजार ६ सय २० थान भेपसहित ७ जनालाई नियन्त्रणमा लिएका हौं ।’

प्रहरी निरीक्षक राईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले जंगलको बाटो हुँदै अबैध रुपमा भेप भित्र्दैछ भन्ने गोप्य सूचनाको आधारमा विशेष अपरेशन चलाएको थियो । भेप ल्याउँदै गरेका भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेकाहरु भरिया मात्रै हुन सक्ने प्रारम्भिक अनुमान छ,’ प्रहरी निरीक्षक राईले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं’, बरामद भएको भेप भन्सार कार्यालयमा बुझाउँछौं’, उनले भने । पछिल्लो पटक तातोपानी नाकाबाट अबैध गतिविधि बढेको प्रहरीको ठम्याई छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा विभागले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई परिपत्र गरेर भेप पैठारीमा प्रतिबन्ध लगाएपछि तातोपानी नाकाबाट तस्करी बढेको हो ।

गत वर्ष नाबाबाट प्रहरीले २२ लाख मूल्य बराबरको ७४० वटा भेपसहित चालकलाई प्रहरीले पक्राउ गरेको थियो । नाका क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्न सीमा नाकाको सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बलले चीनको खासा बजार, रमिते हुँदै पूर्वपट्टिको जंगलबाट नेपालको बोक्चेनमा छिर्ने नाका क्षेत्रमा गस्ती बढाइएको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.