चीनबाट फर्किए लगत्तै इरानको आणविक कार्यक्रम २० वर्ष रोक्ने ट्रम्पकाे अभिव्यक्ति

चीनबाट फर्किए लगत्तै इरानको आणविक कार्यक्रम २० वर्ष रोक्ने ट्रम्पकाे अभिव्यक्ति
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई २० वर्षका लागि निलम्बन गर्न आफूलाई कुनै आपत्ति नभएको बताएका छन्। एयर फोर्स वान विमानबाट चीनको भ्रमण सकेर अमेरिका फर्किने क्रममा शुक्रबार उनले इरानले आणविक हतियार राख्न नपाउने कुरामा जोड दिए।

अमेरिकी राष्ट्रपतिले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनपिङ पनि इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने पक्षमा रहेको बताए। ट्रम्पले पत्रकारहरूसँग भने, 'चिनियाँ राष्ट्रपति शि जिनपिङ इरानसँग आणविक हतियार नभएको कुरामा पूर्ण विश्वस्त हुनुहुन्छ र उहाँ इरानले स्ट्रेट अफ होर्मुज  खोलोस् भन्ने चाहनुहुन्छ।'

चीन भ्रमणबाट फर्किएपछि अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानबाट तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा आगामी केही दिनभित्रै निर्णय लिने बताए। यसका साथै उनले चीनले अमेरिकाबाट अर्बौँ डलर बराबरको भटमास खरिद गर्ने जानकारी दिँदै यो अमेरिकी किसानहरूका लागि राम्रो समाचार भएको उल्लेख गरे।

ताइवानसँग जोडिएका प्रश्नहरूमा ट्रम्पले आफूले अहिलेसम्म ताइवानलाई हतियार उपलब्ध गराउने स्वीकृति नदिएको स्पष्ट पार्दै भविष्यमा त्यसो गर्न पनि सक्ने वा नगर्न पनि सक्ने बताए। उनले भने, 'ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन आएको छैन।'

ट्रम्पले ताइवानको मुद्दामा चिनियाँ राष्ट्रपति शि जिनपिङसँग कुराकानी भएको पत्रकारहरूलाई जानकारी दिए। उनले ताइवानलाई लिएर कुनै सैन्य द्वन्द्व हुने आफूलाई नलागेको बताए। यद्यपि, उनले ताइवानको विषयमा चीनलाई कुनै आश्वासन भने दिएनन्।

जब उनलाई 'के तपाईं राष्ट्रपति शिलाई तानाशाह मान्नुहुन्छ ?' भनी सोधियो, तब उनले जवाफ दिए, 'म उहाँलाई चीनको राष्ट्रपति मान्छु र उहाँको सम्मान गर्छु।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.