बर्दियामा बस दुर्घटना, १३ जना यात्रु घाइते

बर्दियामा बस दुर्घटना, १३ जना यात्रु घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुलरिया : बर्दियामा १८ जना यात्रु सवार बस दुर्घटना भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ८ ख १९४९ नम्बरको यात्रु वाहक बस दुर्घटना भएको हो। पूर्व -पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ स्थित अम्रेनीमा बस र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

बसमा सवार चालकसहित १८ जना यात्रुमध्ये ८ जनाको कैलालीको लम्कीस्थित स्वास्थ्य संस्थामा र ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा परेका ५ जना ईलाका प्रहरी कार्यालय भुरिगाउँमा छन् । घाइतेमध्ये एकजनालाई बढी चोट लागेको र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आइ नसकेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.