ईशान एकदिवसीय टोलीमा

ईशान एकदिवसीय टोलीमा
सुन्नुहोस्

काठमाडौं : बायाँहाते ब्याटर ईशान पाण्डेले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। सन् २०१९ मै राष्ट्रिय टोलीबाट टीट्वेन्टी खेल खेलिसकेका ईशानले एकदिवसीय टोलीमा भने पहिलोपटक स्थान बनाउन सफल भएका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमा हुने शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालको टोली घोषणा गर्दा ईशानले पहिलो पटक स्थान बनाएका हुन्। 

क्यानले ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँगको शृंखला खेलेका बसिर अहमदको स्थानमा इशान पाण्डेलाई मौका दिएको हो। सन् २०१९ मा सिंगापुरमा आयोजना भएको टीट्वेन्टी त्रिकोणात्मक शृंखलाअन्तर्गत जिम्बावेसँगको खेलबाट डेब्यु गरेका इशानले चार टीट्वेन्टी खेल खेलेका छन्। त्यसयता उनले राष्ट्रिय टोलीमा स्थान बनाउन छैनन्। इशानले जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेपछि लिग–टुका लागि सञ्चालन गरिएको प्रारम्भिक टोलीमा स्थान बनाएका थिए। 

मध्यपूर्वको युद्धका कारण शृंखला स्थगित भएको थियो। उनले प्रधानमन्त्री कपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, लिग–टुको टोलीमा स्थान बनाउन सकेनन्। क्यानले लिग–टु शृंखलाको तयारीका लागि विभिन्न टोलीसँग अभ्यास खेल खेल्न नेपाल ‘ए’ टोली घोषणा गरेको थियो। नेपाल ‘ए’बाट उत्कृष्ट प्रदर्शन गर्दै आएका ईशानलाई राष्ट्रिय टोलीमा समावेश गरेको हो। 

रोहितकुमार पौडेलको कप्तानीमा घोषित टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, नन्दन यादव, गुलसन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी छन्। नेपाल, अमेरिका र स्कटल्यान्डसबीचको लिग–टुको शृंखला वैशाख २९ गतेदेखि सुरु हुँदैछ। नेपालले वैशाख २९ मा स्कटल्यान्डसँग खेल्नेछ। यस्तै,  जेठ २ मा अमेरिका, जेठ ४ मा स्कटल्यान्ड र जेठ ८ मा अमेरिकासँग खेल्नेछ। यसअघि ओमान र यूएईसँगको घरेलु शृंखलामा नेपालले यूएईलाई दुवै खेलमा पराजित गरेको थियो भने ओमानसँग एक जित र एक हारको नतिजा निकालेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.