इरानले अमेरिकी प्रस्तावको जवाफ आज राति पठाउने ट्रम्पको विश्वास
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सीएनएनसँग कुरा गर्दै जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिकाले राखेको प्रस्तावको जवाफ इरानबाट आज साँझसम्म आउने अपेक्षा गरिएको बताए । तर, तेहरानले जानाजानी वार्ता प्रक्रियामा ढिलाइ गरिरहेको हो वा होइन भन्नेबारे टिप्पणी गर्न उनले अस्वीकार गरे ।
सीएनएनकी क्रिस्टन होम्सले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले अमेरिकाले आज राती एउटा पत्र प्राप्त गर्ने सम्भावना रहेको बताए । इरानले वार्तालाई सुस्त बनाउन खोजिरहेको हो भन्ने प्रश्नमा ट्रम्पले आफूलाई त्यसबारे जानकारी नभएको बताए । 'हामीले चाँडै थाहा पाउनेछौँ,' उनले भने।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्ध अन्त्य गर्ने प्रस्तावका सम्बन्धमा शुक्रबार इरानको जवाफ आउने अपेक्षा गरिएको बताएको केही घण्टापछि राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो।
प्रतिक्रिया दिनुहोस !