सान्या : छैटौं एसियन ‘बीच गेम्स' २०२६ को समूह बी अन्तर्गतको अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेको छ। समूह बी चरणको अन्तिम खेलमा बङ्गलादेशलाई ३८-३६ ले पराजित गर्दै नेपाल समूह ‘बी' को विजेताको रुपमा सेमीफाइनल खेल्ने भएको छ। नेपाल समूह बी मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो।

नेपालले पहिलो हाफमा १९-१७ ले अग्रता बनाएको थियो। दोस्रो हाफमा सही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो।
नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो। समूह चरणको दोस्रो खेलमा थाइल्याण्डलाई हराएको हो। नेपालले थाइल्यान्डलाई ४९-३३ ले हराएको हो।
यो खेलमा जित दर्ता गर्दै नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !