चाइनिज ताइपेइमाथि नेपालको ऐतिहासिक जित
चीन : छैटौं एसियन ‘बीच गेम्स’ मा नेपालले कबड्डीमा चाइनिज ताइपेमाथि ऐतिहासिक जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत भएको पहिलो खेलमा नेपालले चाइनिज ताइपेइलाई ४८–३२ ले हराएको हो । नेपालले पहिलो पटक महिला कबड्डीमा चाइनिज ताइपेइलाई हराएको हो । विश्व वरियतामा नेपालभन्दा माथि रहेको चाइनिज ताइपेइलाई नेपालले पराजित गरेको हो ।
नेपालले पहिलो हाफमा २६–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा चाइनिज ताइपेइले केहि आक्रमक खेलसहित अंक जोड्यो । तर पहिलो हाफमा बनाएको दोब्बर अग्रता र दोस्रो हाफको केही मिनेट पश्चात नेपालले पुनः लय समाउँदै जित दर्ता गरेको हो । नेपालले दोस्रो खेल बंगलादेशसँग शुक्रबार खेल्ने छ । नेपालले बंगलादेशसँगको खेल जितेमा पदक पक्का गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !