एक तोला सुनको मूल्य ६ हजारले बढ्यो, के छ बजार भाउ ?
काठमाडौं : नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा सुन प्रतितोला ६ हजार र चाँदी ३२० ले बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २२० कायम भएको छ।
गत सोमबार एक तोला सुन २ लाख ९६ हजार ७०० मा कारोबार भएको थियो। यसैगरी सोही दिन चाँदी ४ हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार २ लाख ९७ हजार १०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !