एक करोड बढीका अवैध चिनियाँ सामग्री बरामद

एक करोड बढीका अवैध चिनियाँ सामग्री बरामद

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जाँच चौकीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको चिनियाँ किराना सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको चेकपोस्ट टोलीले बाह्रबिसेबाट खाडिचौरतर्फ जाँदै गरेको ना.३ ख ५१४० नम्बरको डब्बा भ्यान जाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा सामानसँग सम्बन्धित बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरिएको चिनियाँ किराना सामानको अन्दाजी मूल्य ८६ लाख ३१ हजार ८ सय रुपैयाँ रहेको छ भने सवारीसाधनको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ । यससँगै कुल बरामद मूल्य एक करोड एक लाख ३१ हजार ८ सय रुपैयाँ पुगेको छ । नियन्त्रणमा लिइएको सामान तथा सवारीसाधन आवश्यक अनुसन्धान तथा कारवाहीका लागि तातोपानी भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्र हुँदै भित्रिने अवैध सामान नियन्त्रणमा चुनौती कायमै रहँदा यस्ता कारबाहीले राजस्व चुहावट रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको भन्सार कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.