खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । भारतको जोगवनीबाट खैरो हेरोइन खरिद गरेर आउँदै गर्दा धनकुटाको धनुकटा नगरपालिका–६ का २६ वर्षीय झुमबहादुर भुजेल पक्राउ परेका हुन् । 

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट भुजेललाई शनिबार दिउँसो २ बजेतिर पक्राउ गरिएको जानकारी दिए । जोगवनीबाट नेपालतर्फ पैदल नै आउँदै गरेको अवस्थामा शंका लागेपछि प्रहरीले भुजेललाई नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट लागुऔषध (खैरो हेरोइन) १८ ग्राम २३० मिलिग्राम बरामद भएको डीएसपी लामिछानेले बताए । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका भुजेलविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.