कुवेतमा रोकिएका नेपालीलाई भोलि स्वदेश ल्याइने

कुवेतमा रोकिएका नेपालीलाई भोलि स्वदेश ल्याइने

भैरहवा : मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको छ। कुवेत एयरवेजको वाइडबडी विमान (बोइङ ७७७–३००)को चार्टर उडानमार्फत मार्फत बुधबार त्यहाँबाट नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको हो। जसका लागि उक्त चार्टर उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमित प्रदान गरिसकेको छ।

कुवेतबाट अलपत्र नेपाली यात्रुहरुलाई लिएर बुधबार उक्त विमान दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। उक्त उडानमार्फत करिब तीन सय यात्रु आउन सक्ने सम्भावना रहेको उनले बताए।

कुवेतस्थित नेपाली दूतावासको समन्वयमा स्वदेश फर्किन चाहेको नेपालीहरुलाई चार्टर उडानमार्फत स्वदेश पठाउन लागिएको बताइएको छ। मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल–कुवेतबीच नियमित उडान प्रभावित भएको छ।

नेपाली यात्रुहरुलाई भैरहवा लिएर आउने उक्त विमान यहाँबाट ६:१५ बजे पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्ने र त्यहाँबाट कार्गो लिएर पुनः कुवेत फर्किने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.