पहिरोका कारण बन्द तातोपानी नाका पुनः सञ्चालन

पहिरोका कारण बन्द तातोपानी नाका पुनः सञ्चालन
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित इकोमा आएको पहिरोका कारण शुक्रबारदेखि अवरुद्ध भएको सडक सोमबार खुलेसँगै तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार इको क्षेत्रमा आएको अवरोधका कारण सडक पूर्ण रूपमा बन्द हुँदा नाका सञ्चालन नै ठप्प हुने अवस्थामा पुगेको थियो। सडक खुल्ने प्रतीक्षामा रहेका व्यवसायीका लागि सोमबार राहत भएको छ। नाका खुलेसँगै चीनतर्फ लिपिङ बजारमा रोकिएका ५० भन्दा बढी कन्टेनर नेपालतर्फ भित्रिन थालेको भन्सारले जनाएको छ।

‘शुक्रबारदेखि नाका बन्द हुँदा कन्टेनर चीनतर्फै रोकिएका थिए, अहिले सडक खुलेसँगै धमाधम पठाउन थालिएको छ,’ तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले भने, ‘हामीले बाटोमा कन्टेनरहरू अस्तव्यस्त भएका कारण केही दिन कम कन्टेनर पढाउन र बाटो मर्मत भएपछि बाँकी कन्टेनर पठाइदिन भनेर चीन पक्षलाई अनुरोध गरेका थियौं। अहिले सडक सञ्चालनमा आएको छ, अब रोकिएका कन्टेनर भित्रन थालेका छन्।’

चार दिनको अवरोधपछि नाका सञ्चालनमा आए पनि जोखिम भने यथावत् रहेको छ। वर्षा र पहिरोका कारण सडक पुनः अवरुद्ध हुने सम्भावना रहेकाले व्यवसायी चिन्तित छन्। अवरोधका कारण लाखौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको उनीहरूको गुनासो छ। चीनतर्फ अझै सयौं कन्टेनर गोदाममा रोकिएका छन्। सडक पूर्ण रूपमा सहज नभएसम्म ढुवानी नियमित हुन नसक्ने व्यवसायी बताउँछन्। 

‘सडक खुलेसँगै नाका सञ्चालनमा त आएको छ, रोकिएका कन्टेनरहरू पनि भित्रिन थालेका छन्। तर पुनः वर्षा भएर पहिरो खस्ने डर कायमै छ,’ भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले भने ‘यसलाई दिगो रूपमै समाधान गर्न जरुरी छ, नत्र सानो पानी पर्ने बित्तिकै पहिरोले बाटो बन्द गर्दछ।’ उनका अनुसार कोदारी राजमार्गमा पटक–पटक हुने अवरोधले तातोपानी नाकाको नियमित सञ्चालनमा चुनौती थपिँदै आएको छ। 

सरकारले इको पहिरो नियन्त्रणका लागि ४७ करोडको विशाल पहिरो नियन्त्रण आयोजना सुरु गरिएको छ। अरनिको राजमार्ग अन्तर्गतको ११३ किलोमिटर क्षेत्रमा पर्ने यो पहिरो १० वर्षअघिदेखि बग्न सुरु गरेको थियो। जसका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै माथिल्लो भेगका २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए। पहिरो नियन्त्रणका लागि सडक डिभिजन कार्यालय चरिकोटले ४७ करोड रुपैयाँको लागतमा नेपालकै सबैभन्दा ठूलो स्लोप स्टेबिलाइजेसन परियोजना अघि बढाएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.