कांग्रेसको १५औं महाधिवेशन भदौ २४ देखि गर्ने सभापति थापाको प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन भदौ अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ। सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन पेश गर्दै पार्टीको १५औं महाधिवेशन भदौ २४, २५ र २६ गते हुने जानकारी दिए।
त्यसका लागि वैशाख १ गतेदेखि नै क्रियाशील सदस्यता वितरण गरिने उनले बताए। वैशाख मसान्तसम्म क्रियाशील सदस्यता ६७४३ वडामै वितरण गरिने उनले बताए। क्रियाशील सदस्य बन्न वडामै जानुपर्ने थापाको भनाइ छ।
जेठ १ देखि १५ गतेसम्म जिल्ला र प्रतिनिधिसभामा पठाउनुपर्ने, त्यसपछि छानबिन गरिने र साउन ६ गते गाउँ, नगर र वडा अधिवेशन गर्ने उनको प्रस्ताव छ। साउन १२ गते नगरपालिका, साउन २३ गते प्रदेशसभा र साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन गरिने सभापति थापाले प्रस्ताव गरेका छन्।
त्यस्तै भदौ ६ र ७ गते जिल्ला अधिवेशन र भदौ १५ र १६ गते प्रदेश अधिवेशन गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस !