नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप भोलिदेखि

नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप भोलिदेखि
सुन्नुहोस्

पोखरा : पर्यटकीय राजधानी पोखराको आकाशमा २१औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ गतेदेखि तीन दिनसम्म हुने भएको छ। पाँच वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय खुला प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सञ्चालन हुन लागेको आयोजक नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ। 

प्रतिस्पर्धामा हालसम्म ९ देशका ८० जनाले जना प्यारापाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गरिसकेको प्रतियोगिताका संयोजक सुनील भट्टराईले जानकारी दिए। प्रतियोगितामा नेपाल, भारत, तीन, इटली, उज्वेकिस्तान, साउदी अरेबियालगायतका देशका एक सय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने बताइएको छ।   

प्रतियोगिता एक्युरेसी विधामा व्यक्तिगत र टिमबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष अनिल केसीले बताए। प्रतियोगिता पोखराको सराङकोटबाट सुरु भई फेवाताल किनारको खपौदीमा अवतरण हुने गरी सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको पनि अध्यक्ष केसीले जानकारी दिए। 

सरकारी अधिकारीसँगको समन्वय अनुसार टेकअफ र अवतरणको स्थान परिवर्तन भए वैकल्पिक रूपमा तोरीपानीबाट उडान भरेर हर्पन वा भकुण्डेमा अवतरण गरिने आयोजकले बताएका छन्। प्रतियोगिताका व्यक्तिगत तर्फ र टिमतर्फका विजेताले समान १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

सन् २००१ देखि पोखराका व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको हो। सुरुका वर्षहरूमा विदेशी पाइलटले धानेको पोखराको प्याराग्लाइडिङ व्यवसाय अहिले नेपाली प्यारापाइलटबाटै चलेको छ। पोखरामा ४१६ जनाले प्यारापाइलटको लाइसेन्स लिएका छन्। ति मध्ये २५० जना प्यारापाइलटले यसै क्षेत्रमा काम गरिरहेका छन्। प्रतिस्पर्धामा स्वदेशी र विदेशी गरी १० जना  महिला प्रतिस्पर्धी सहभागी हुने बताइएको छ। ८ हजार मिटरभन्दा उच्च तीन हिमाल  अन्नपूर्ण, धौलागिरि, मनास्लुको प्याराग्लाइडिङमा उडेर अवलोकन गर्दै फेवातालको किनारमा अवतरण गर्न विश्वका प्याराग्लाइडिङ पाइलोट पोखरा आउँछन्। 

यसै कारणले पनि पोखरा प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन्। विदेशी प्यारापाइलटहरू पोखरामा लामो समय बसेर एक्लै पोखराका आकाशमा उडान भर्ने गर्दथे। लामो समय प्याराग्लाइडिङको एकल उडानमा रोक लगाइदा विदेशी पर्यटकको आगमनमा कर्मी आएको थियो। 

पछिल्लो समयमा एकल उडान खुला गरिए पनि पहिलेको तुलनामा विदेशी प्यारापाइलट अझै आइनसकेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.