तब सुरु हुन्छ होमियोप्याथी

तब सुरु हुन्छ होमियोप्याथी
सुन्नुहोस्

यही विन्दु हो— जहाँबाट होमियोप्याथी सुरु हुन्छ। होमियोप्याथी कुनै ‘अन्तिम विकल्प’ मात्र होइन, यो त रोगलाई होइन, रोगीलाई केन्द्रमा राख्ने चिकित्सा दर्शन हो। भनिन्छ, ‘जहाँ मानिसहरू उपचार गरेर थाक्छन्, त्यहीँबाट होमियोप्याथी सुरु हुन्छ।’

चिकित्सा क्षेत्रमा एउटा गहिरो अनुभवजन्य सत्य बारम्बार देखिन्छ– मानिस रोगले भन्दा पनि उपचार प्रक्रियाले बढी थाक्छ। वर्षौंसम्म अस्पताल धाउने, रिपोर्ट गराउने, औषधि परिवर्तन गर्ने, कहिले आशा त कहिले निराशाको चक्रमा फस्ने।

अन्ततः बिरामीको मुखबाट निस्कने वाक्य हुन्छ, ‘अब त सबै गरिसकें, केही बाँकी छैन।’ यही विन्दु हो, जहाँ आधुनिक चिकित्सा प्रणालीको सीमा बिरामीले प्रत्यक्ष अनुभूति गर्छ। यही विन्दु हो— जहाँबाट होमियोप्याथी सुरु हुन्छ। होमियोप्याथी कुनै ‘अन्तिम विकल्प’ मात्र होइन, यो त रोगलाई होइन, रोगीलाई केन्द्रमा राख्ने चिकित्सा दर्शन हो। भनिन्छ, ‘जहाँ मानिसहरू उपचार गरेर थाक्छन्, त्यहीँबाट होमियोप्याथी सुरु हुन्छ।’

आधुनिक चिकित्सा – उपलब्धि र सीमाहरू:  

आधुनिक चिकित्सा (एलोप्याथी) ले चिकित्सा विज्ञानलाई अभूतपूर्व उचाइमा पुर्‍याएको छ। आपत्कालीन अवस्था, शल्यक्रिया, संक्रमण नियन्त्रण, जीवनरक्षा— यी सबै क्षेत्रमा यसको योगदान अस्वीकार गर्न सकिँदैन। तर, यति ठूलो उपलब्धिका बाबजुद पनि केही यथार्थ छन्, जुन बिरामीको दैनिक जीवनमा गहिरो रूपमा देखिन्छन्। दीर्घकालीन रोगहरूको समस्या; आजका अधिकांश बिरामी तीव्र रोगका होइनन्, दीर्घकालीन रोगका पीडित हुन्। जस्तै—दमा, माइग्रेन, एलर्जी, छालाका रोग, थाइराइड समस्या, गठिया, चिन्ता र डिप्रेसन। यी रोगमा औषधि वर्षौंसम्म चल्छ तर रोग समाप्त हुँदैन।

लक्षण दबिन्छ, रोग जरा समातेर बसिरहन्छ। आधुनिक चिकित्सा प्रायः भन्छ— टाउको दुख्यो पेनकिलर, एसिडिटी भयो एन्टासिड, निद्रा आएन स्लिपिङ पिल, चिन्ता भयो ट्राङ्क्विलाइजर। तर, यहाँ प्रश्न उठ्दैन— किन टाउको दुख्यो ? किन एसिडिटी भयो ? किन निद्रा हरायो ? यसरी उपचार रोगको कारणतिर होइन, लक्षणतिर मात्र केन्द्रित हुन्छ।

दीर्घ औषधि सेवनका दुष्प्रभाव:  लामो समयसम्म स्टेरोइड, पेनकिलर, हार्मोन एन्टिडिप्रेसन्ट। सेवन गर्दा शरीरमा नयाँ समस्या जन्मिन्छन्। बिरामी एउटा रोगबाट मुक्त नहुँदै अर्को रोगको सिकार बन्छ। थाकेको बिरामीको मनोविज्ञान; जब बिरामी लामो समयसम्म उपचार गरेर पनि ठीक हुँदैन, उसको समस्या केवल शारीरिक मात्र हुँदैन। मानसिक रूपमा देखिने अवस्थाहरू— निराशा, डर, भविष्यप्रतिको असुरक्षा, चिकित्सकप्रति अविश्वास, अब म ठीक हुँदिनँ भन्ने सोच। धेरै बिरामी भन्छन्, डाक्टरहरूले रिपोर्ट त सबैठीक भन्छन् तर मलाई त समस्या छ। यही अवस्थालाई आधुनिक चिकित्सा धेरैपटक फङ्सनल डिसअर्डर भनेर छोडिदिन्छ। तर, होमियोप्याथी भन्छ— जहाँ पीडा छ, त्यहाँ रोग छ।

होमियोप्याथी, चिकित्सा होइन, दर्शन:  होमियोप्याथी केवल औषधि प्रणाली मात्र होइन, यो मानव जीवनको समग्र दर्शन हो। यसका आधारभूत सिद्धान्तहरू— समानले समान निको पार्छ। स्वस्थ मानिसमा जुन पदार्थले जुन लक्षण उत्पन्न गर्छ, त्यही पदार्थले बिरामीमा त्यही लक्षण निको पार्न सक्छ। जीवन शक्तिको अवधारणाअनुसार मानव शरीर केवल रासायनिक संरचना होइन। यसलाई सञ्चालन गर्ने एउटा सूक्ष्म शक्ति हुन्छ— जीवन शक्ति। रोग भनेको जीवन शक्तिको असन्तुलन हो। उपचार भनेको त्यस असन्तुलनलाई पुनः सन्तुलनमा ल्याउनु हो।

रोग होइन, रोगीको उपचार:  दुई व्यक्तिमा एउटै रोग भए पनि उनीहरूको मानसिक अवस्था फरक हुन्छ। प्रतिक्रिया फरक हुन्छ। पीडाको अभिव्यक्ति फरक हुन्छ, त्यसैले एउटै रोगमा एउटै औषधि होइन, फरक–फरक व्यक्तिअनुसार फरक औषधि। होमियोप्याथिमा बिरामीको केस–हिस्ट्रि सुन्ने चिकित्सा हो यो। होमियोप्याथीमा सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया हो— रोगीलाई बुझ्ने प्रक्रिया। जहाँ चिकित्सक— बिरामीलाई बोल्न दिन्छ, रोक्दैन, हतार गर्दैन, के सोधिन्छ ? शारीरिक लक्षण, मानसिक अवस्था, डर, दुःख, रिस, राग, द्वेष, सपना, खानपान, निद्रा, मौसमको असर, विगतका रोग, समाजिक अवस्था, पारिवारिक इतिहास आदि।

दबाइएको रोग र यसको परिणाम:  आधुनिक चिकित्सा धेरै पटक रोगलाई दबाउँछ। छालाको रोग दबाइयो– आस्थमा। बारम्बार ज्वरो दबाइयो– कमजोरी। एलर्जी दबाइयो– माइग्रेन। मानसिक समस्या दबाइयो– शारीरिक रोग।

होमियोप्याथी भन्छ— रोगलाई सही दिशामा बाहिर निस्कन दिनुपर्छ। यसैले कहिलेकाहीँ होमियोप्याथिक उपचारमा पुराना लक्षण केही समयका लागि देखा पर्न सक्छन्। तर त्यसपछि गहिरो सुधार सुरु हुन्छ। लाइलाज भनिएका रोग र होमियोप्याथी धेरै रोगलाई आधुनिक चिकित्सा भन्छ— यसलाई मेनेज मात्र गर्न सकिन्छ, ठीक हुँदैन। होमियोप्याथी भन्छ— ठीक नहुन सक्छ तर गहिरो सुधार सम्भव छ। जस्तै, सोरायसिस, माइग्रेन, एलर्जी, चिन्ता, डिप्रेसन, हार्मोनल असन्तुलन। यहाँ चमत्कार होइन, स्थायी र समग्र सुधार लक्ष्य हुन्छ।

ढिलो तर स्थायी उपचार:  होमियोप्याथीबारे सबैभन्दा ठूलो आलोचना छ, ढिलो काम गर्छ। तर सोच्नुपर्ने कुरा रोग दस–देखि पन्ध्र वर्षमा बनेको, के दस दिनमै निको पार्न खोज्नु उचित छ ? होमियोप्याथी—प्रकृतिको गतिमा, शरीरलाई हानि नगरी, जरा समातेर काम गर्छ। त्यसैले यसको परिणाम ढिलो तर स्थायी हुन्छ। होमियोप्याथी सबै रोगको समाधान होइन, सबै बिरामीका लागि उपयुक्त नहुन सक्छ। तर, जहाँ अन्य उपचार थाक्छ, जहाँ बिरामी निराश हुन्छ। जहाँ मन र शरीर दुवै पीडित हुन्छ। त्यहाँ होमियोप्याथीले आशाको ढोका खोल्छ। निष्कर्ष के भने जब मानिस औषधि खाँदा–खाँदा थाक्छ, अस्पताल धाउँदा–धाउँदा निराश हुन्छ, अब केही छैन भन्ने अवस्थामा पुग्छ। त्यही क्षण— होमियोप्याथी सुरु हुन्छ।

मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.