बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी निर्वाचित

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी निर्वाचित

बाजुरा : फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८७ हजार ८६१ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएको छ भने १ हजार ३४६ मत बदर भएको छ ।

निर्वाचन परिणाम अनुसार कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गरेका छन् भने प्रकाश शाहले ३ हजार ३०१ मत ल्याएका छन् । अन्य उम्मेदवारहरूमा केशर शाहीले ३५२, दिपक डिसीले ९७, भुपेन्द्र विकले ३३३ र उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन् । यससँगै बाजुरा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका जनक गिरीले निकटतम प्रतिष्पर्धी लालबहादुर थापालाई ५४० मत अन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.