इलाम–१ मा एमालेका कागतेको अग्रता, पछ्याउँदै माटोका नेम्बाङ
इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना जारी रहँदा पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणम अनुसार अनुसार नेकपा एमालेका काजीमान कागतेले झिनो मतले अग्रता लिएका छन् । उनले २ हजार ३९७ प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्गले २ हजार ३२६ मत प्राप्त गरेका छन् । कागते हाल नेम्बाङ्ग भन्दा ७१ मतले अघि छन् ।
त्यस्तै नेपाली कांग्रेसका निश्कल राई ले २ हजार २९५ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदाल ले १ हजार १८१ मत प्राप्त गरेका छन् । यसैगरी अन्य उम्मेदवारहरूले पनि सयदेखि केही सयसम्म मत प्राप्त गरेका छन् । मतगणना अझै जारी छ । अहिले सम्म १० हजार ५६७ मत गणना भएको छ । अहिले सम्म ७२३ मत बदर भएको छ ।
१ लाख १२ हजार ३२० मतदाता रहेको इलाम क्षेत्र न १ मा ६४ हजार १०४ मत खसेको थियो । अहिले सम्ममा १६ दशमलब ५ प्रतिशत मत गणना भएको छ । प्रारम्भिक चरणदेखि नै प्रतिष्पर्धा रोचक बनेको इलाम–१ मा मतान्तर निकै कम रहेकाले परिणाम अन्तिमसम्म रोचक रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !