दोलखामा रास्वपाका उम्मेदवार खरेल अगाडि
दोलखा : दोलखामा रास्वपाका उम्मेदवार जगदीश खरेलले अग्रता लिएका छन्। उनले १ हजार ४ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विशाल खड्काले ४ सय ३९, एमालेका उम्मेदवार पार्वत गुरुङले ३ सय ५६, नेपाली कांग्रेसका अजयबाबु सिवाकोटीले १ सय ८४ मत प्राप्त गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार जिल्लामा ४९ दशमलव ६० मत खसेको हो। जिल्लामा १ लाख ७० हजार ३२१ कुल मतदाता रहेको दोलखामा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका छन्।
प्रतिक्रिया दिनुहोस !