सुकुम्बासीलाई असार तेस्रो सातादेखि लालपूर्जा वितरण गर्छौं : मन्त्री रावल

सुकुम्बासीलाई असार तेस्रो सातादेखि लालपूर्जा वितरण गर्छौं : मन्त्री रावल
सुन्नुहोस्

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताएकी छन्।

बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारीमा रहेको बताइन्।  

‘लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं। अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं,' उनले भनिन्। 

त्यस्तै पछिल्लो तीन महिनामामात्रै एक हजार ४ सय ५२ सहकारी बचतकर्ताहरूको रकम फिर्ता गरिएको उनको भनाइ छ।

उनले पछिल्लो तीन महिनामा आठवटा समस्याग्रस्त सहकारीका रुजु भएका दस हजार वा सोभन्दा मुनिका १ हजार ४ सय ५२ साना बचतकर्ताहरूको ५९ लाख ४ हजार ६ सय बचत फिर्ता गरिएको जानकारी दिइन्।

त्यस्तै तीन महिनामा तीन करोड ५४ लाख ४९ हजार रूपैयाँ ऋण असुली भइसकेको उनले बताइन्। उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएका मन्त्री रावलले बताइन्। उनले सहकारीको क्षेत्रमा व्यथिति सम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षहरूमा प्रभावकारी अनुगमन र नियमनको अभाव तथा भाबी कार्यक्षेत्र विस्तार सेवा केन्द्रको थप विषय औंल्याएको बताइन्।

त्यस्तै मन्त्री रावलले निजामती कर्मचारीको उमेर हदका सम्बन्धमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तमा सम्बन्ध शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पठाइएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.