बैतडीमा ११ बजेदेखि मतगणना सुरु हुने
बैतडी : बैतडीमा मतपेटिका ढुवानीको काम सम्पन्न भएको छ। जिल्लामा रहेका २१५ वटै मतदान केन्द्रबाट मतपेटिका ढुवानी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेका हुन्।
सबै ठाउँबाट मतपेटिका पुगेको र ९ बजे सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सूचना अधिकारी विष्णु राज पन्तले जानकारी दिए। ११ बजेदेखि मत गणना गरिने उनले बताए ।
जिल्लामा ७३ हजार बढी मत खसेको छ। बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानमा निर्धारित समयभित्र ७३ हजार १४८ मत खसेको हो ।
आज बिहान ७ बजेदखी साँझ ५ बजेसम्म ४० हजार ५७२ महिला र ३२ हजार ५७५ पुरुष तथा एक अन्य मतदाताले मतदाना गरेका जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए। २१५ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले जानकारी दिए।
यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए। जसको ४६ दशमलव ७८ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !