दोलखाको मालुमा पुनः मतदान सुरु
दोलखा : दोलखाको मालु मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ। जेष्ठ नागरिकको मतदान गर्ने क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको थियो।
मतदानका क्रममा केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो। सोही परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
अहिले मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। जेष्ठ नागरिकको मत हाल्ने क्रममा विवाद चर्किँदा ५६ वटा मत पत्र हराएको थियो। मतपत्र भेटिएपछि सर्वदलीय बैठकले मतदान पुनः सुचारु गर्ने निर्णय गरेसँगै मतदान फेरि सुरु गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !