उदयपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजना गम्भीर

उदयपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजना गम्भीर
सुन्नुहोस्

उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिका १० भिमामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गहुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो  ।             

दुर्घटनामा चौदण्डिगढी -५ सिवाईका १८ वर्षीय समिर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए । अनियन्त्रित मोटरसाइकल सडकछेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उनलाइ स्थानीयले उद्दार गरी नगर अस्पताल बेल्टार पुर्‍याउना साथ मृत्यु भएको एसपी चापागाईंले बताए । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन् । 

उनीहरूलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी चापागाईंले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.