धानबालीमा खपटे किराको संक्रमण

धानबालीमा खपटे किराको संक्रमण
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिकाका केही वडामा रोपिएका धानबालीमा खपटे किराको संक्रमण देखिएको छ। नगरपालिकाको नियमित अनुगमनका क्रममा केही वडाका धान खेतमा काँडेदार खपटे किराको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ। धानको पातहरू सुकेको जस्ता देखिनु खपटे किराको संक्रमण भएकोले किसानलाई सचेत रहन पालिकाको सुझाव छ। 

कृषि अधिकृत सुषमा पनेरुका अनुसार भर्खरै रोपिएका धानबालीमा किराको प्रकोप देखिएपछि यहाँका किसानले नगरपालिकाको कृषि शाखालाई खबर गरेका थिए। नगरपालिकाको कृषि प्राविधिक सहितको टोलीले वडा नं. १४ को लामागेमा स्थलगत अनुगमन गरेका छन्।

पुतलीबजारका ४ सहित १३ र १४ वडाका विभिन्न स्थानका धान खेतीमा समेत खपटे किराले धानका पातहरू खाइदिने समस्या देखिएको र सोहीअनुसार शाखाले प्राविधिक सल्लाह कृषकलाई दिइएको उनले जानकारी गराए। 

किराबाट धानबालीलाई जोगाउन धान खेतको नियमित निरीक्षण गरी किराको प्रारम्भिक पहिचान गर्ने, खेत र वरपरका झारपातहरू पूर्ण रूपमा हटाउने, खपटे किराको समस्या भर्खरै देखिएका खेतहरूमा निमयुक्त विषादी (एजाडिरेक्टिन ०.०३ प्रतिशत २ मिलिप्रति लिटर पानीमा मिसाई छर्न सकिने नगरपालिका कृषि शाखाले जनाएको छ। 

धेरै नै किराको प्रकोप देखिएमा सिफारिस गरिएका कीटनाशक औषधी लाम्डासाइहेलोथ्रिन ५ प्रतिशत (०.५ मिलि) वा मालाथियन ५० प्रतिशत (१.५ मिलि) प्रति लिटर पानीमा मिसाई छर्कँदा खपटे किराको प्रकोपबाट बच्न सकिने नगरपालिकाले जनाएको छ।

विषादी छर्दा मास्क, पञ्जा र चस्मा अनिवार्य लगाउने, हावा कम चलेको समय (बिहान वा बेलुकी) मात्र विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.