दोलखाको बेदिङमा स्थानीयले गरे मतदान बहिष्कार

दोलखाको बेदिङमा स्थानीयले गरे मतदान बहिष्कार
तस्बिर : अन्नपूर्ण

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका वडा नं.९ बेदिङमा मतदाताहरूले मतदान बहिष्कार गरेका छन् । जिल्लाको दुर्गम बस्ती बेदिङका स्थानीयवासीले उम्मेदवारहरू गाउँमै मत माग्न नआएको भन्दै मतदान बहिष्कार गरेका हुन् ।

बिहान ११ बजेर ३० मिनेट जादासम्म पनि एकजना मतदाताहरू पनि मतदान केन्द्रमा गएका छैनन् । कर्मचारीहरू पर्खिरहेको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले बताए । 

गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङमा रहेका १ सय ३३ जना मतदाताले आफूहरूको गाउँमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलका प्रतिनिधि मत माग्न नआएको भन्दै मतदान नगर्ने निर्णय गरेका हुन्। 

स्थानीयका अनुसार निर्वाचनका बेला नेताहरूले दुर्गम क्षेत्रका समस्या समाधान गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा भने बेदिङजस्ता गाउँहरू सधैं उपेक्षामा पर्ने गरेका छन् । 'चुनाव आउँदा मात्रै हाम्रो कुरा गर्ने गरिन्छ,तर यसपटक त उम्मेदवारहरू मत माग्न समेत आएनन्,'एक स्थानीयले भने,'हाम्रो गाउँको समस्या बुझ्न नआउनेलाई किन मत दिने?'

स्थानीयहरूले दुर्गम बस्तीका आधारभूत समस्या,सडक,सञ्चार तथा स्वास्थ्य सेवाजस्ता विषयमा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरेका छन् । उम्मेदवारहरूले गाउँमै पुगेर स्थानीयसँग संवाद नगरेसम्म आफूहरूले मतदान प्रक्रियामा सहभागी नहुने उनीहरूको अडान रहेको बताइएको छ ।

बेदिङमा १ सय ३३ जना मतदाता रहेको निर्वाचन कार्यालयले दोलखाले जनाएको छ । दुर्गम भौगोलिक अवस्थाका कारण पनि यो क्षेत्र राजनीतिक दल र उम्मेदवारहरूको पहुँचभन्दा टाढा पर्दै आएको स्थानीयहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.