इलाम–२ मा ‘सादगी’ भेषराजको शानदार उदाउने प्रयास

इलाम–२ मा ‘सादगी’ भेषराजको शानदार उदाउने प्रयास

इलाम : इलाम क्षेत्र नम्बर–२ का मतदाताका बीचमा जब भेषराज आचार्य पुग्छन्, उनी कुनै तामझाम देखाउँदैनन् । उनी गर्वका साथ भन्छन्, ‘म किसानको छोरो हुँ, मैले यही माटोमा हलो जोतेको छु, घाँस काटेको छु र पसिना बगाएको छु ।’ उनको यो सादगी नै मतदाताका लागि भरोसाको केन्द्र बनेको छ ।

२०३३ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका आचार्यले चार दशक लामो समय निष्ठाको राजनीतिमा बिताए । २०४२ देखि पार्टीको सक्रिय राजनीतिमा होमिएका उनी हालसम्म कुनै पनि ‘लाभको पद’ मा पुगेका छैनन् । तर, पद नहुँदा पनि जनताको सेवाबाट उनी कहिल्यै विमुख भएनन् । उनका समकालीन प्रेमलाल चाम्लिङ्ग भन्छन्, ‘उनी बोल्नुभन्दा बढी सुन्ने र प्रतिक्रिया दिनुअघि गम्भीर भएर सोच्ने शालीन र बौद्धिक नेता हुन् ।’

राजनीतिमा आरोप–प्रत्यारोप सामान्य मानिन्छ, तर भेषराजको हकमा यो लागू हुँदैन । विपक्षीहरूले समेत उनको नैतिक चरित्र र आर्थिक पारदर्शितामा प्रश्न उठाउन सकेका छैनन् । मतदाता यमुना प्रधान भन्छिन्, ‘यति लामो यात्रामा पनि उहाँको नाममा कुनै दाग देखिएन, यो नै हाम्रो लागि ठूलो कुरा हो ।’

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन सुवासचन्द्र नेम्बाङसँग २,११२ मतको अन्तरले पराजित भएका थिए । नेम्वाङले १४ हजार नौ सय ३० मत पाएका थिए भने आचार्यले १२ हजार आठ सय २८ मत पाएका थिए ।  हारपछि धेरै नेताहरू गाउँ छाडेर सहर पस्छन्, तर भेषराजले त्यसो गरेनन् । अधिकांश समय जिल्लामै  विताए  । 

इलाम क्षेत्र नं. २ को इतिहास हेर्दा २०५६ देखि नेकपा (एमाले) ले निरन्तर जित्दै आएको छ । सुवासचन्द्र नेम्बाङको निधनपछि भएको २०८१ को उपनिर्वाचनमा उनका पुत्र सुहाङ नेम्बाङ विजयी भए । यस पटकको प्रतिष्पर्धा रोचक छ–एकातिर एमालेको ‘विरासत’ जोगाउने चुनौतीमा ३६ वर्षीय सुहाङ नेम्बाङ छन् भने अर्कोतिर चार दशकको ‘निष्ठा र अनुभव’ बोकेका ६१ वर्षीय भेषराज आचार्य ।

देश संघीयतामा गएपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ नै विजयी बने । उनले ३६ हजार पाँच सय १७ मत ल्याए । कांग्रेसका केशव थापाको २६ हजार आठ सय ६५ मत आएको थियो । २०७९ सालको निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी बन्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।  

२०८१ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले २७ हजार सात सय ७२ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले २१,९४२ मत ल्याएका थिए । यस पटक नेकपाका ओम गुरुङ, रास्वपाका गोकुल राई र राप्रपाका गणेश दुलाल, श्रम संस्कृति पार्टीका सुदीप राई लगायत १४ जना चुनावी मैदानमा छन् । 

कुल एक लाखा १९ हजार ४८९ मतदाता रहेको यस क्षेत्रमा नयाँ पुस्ता (जेन्जी ) को बढ्दो प्रभाव र पुराना दलप्रतिको वितृष्णालाई चिर्न आचार्यले ‘समुन्नत इलामको १५ बुँदे मार्ग चित्र अघि सारेर चुनावी मैदानमा व्यस्त छन् । आचार्यले केवल भोट मागेका छैनन्, उनले ‘समुन्नत इलाम’ को १५ बुँदे मार्गचित्र पनि प्रस्तुत गरेका छन् । उनको प्रतिवद्धता पत्रमा इलाम–२ का  ’कर्णाली’ भनिने विकट क्षेत्रहरूको उत्थान गर्ने विशेष योजना रहेको पार्टी सचिव निरोज खड्गीले बताए । 
 

उनकोे प्राथमिकता क्षतिग्रस्त मेची राजमार्गको पुनर्निर्माण र वैकल्पिक मार्गहरूको दिगो व्यवस्थापन हो । वर्षायाममा इलाम सडक सञ्जालबाट विच्छेद हुने अवस्थाको अन्त्य गर्ने र ‘एक घर एक धारा’ अभियानलाई पूर्णता दिने उनको संकल्प छ ।

‘इलामका किसानको पसिना अब सस्तोमा होइन’ भन्ने मान्यताका साथ उनले ‘एक वडा एक नमुना उत्पादन’ को अवधारणा ल्याएका छन्। चिया, अलैंची, अदुवा, अकबरे र दूधको मूल्य वृद्धि गर्न ‘एक पालिका एक उद्योग’ स्थापना गर्ने उनको योजना छ । साथै, बाँदर र बँदेलको आतंकबाट बाली जोगाउन वैकल्पिक कृषि प्रणाली लागू गर्ने उनले बताएका छन् ।

इलामलाई ‘शैक्षिक हब’ बनाउने र स्वास्थ्य सेवाका लागि बाहिर जानु नपर्ने वातावरण बनाउन उनले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ र ‘ट्रमा सेन्टर’ स्थापनाको एजेण्डा अघि सारेका छन् । ‘इलाममै उपचार,  इलामबासीको अधिकार’ उनको मूल मन्त्र हो ।

भ्रष्टाचार र ढिलासुस्तीलाई प्रमुख शत्रु मान्ने आचार्यले सरकारी सेवालाई डिजिटल सेवा प्रणालीमार्फत झन्झटमुक्त बनाउने वाचा गरेका छन् । चिया पर्यटन, कृषि पर्यटन र खेल पर्यटन (क्रिकेट र फुटबल मैदान निर्माण) मार्फत इलामको आम्दानी बढाउने उनको भिजन छ । चुनावी सभाहरूमा आचार्यको एउटै भावुक अपिल हुन्छ, ‘मैले मेरो जीवनको उर्जा यही क्षेत्रको सेवामा लगाएँ । मलाई एक पटक अवसर दिनुहोस्, तपाईले आफ्नो प्रतिनिधिप्रति कहिल्यै शिर झुकाउनु पर्ने छैन ।’

उनले जेन्जी पुस्ताको भावनालाई बुझेर भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने र युवाहरूलाई डिजिटल मार्केटिङ र प्रविधिमा जोडेर स्वदेशमै उद्यमी बनाउने प्रतिबद्धता जनाएका छन् । इलाम क्षेत्र नं. २ का मतदाताहरू यस पटक विरासत रोज्ने कि दशकौंदेखि जनताको सुख–दुःखमा भिजेको निष्ठावान् र बौद्धिक नेतृत्व रोज्ने भन्ने दोसाँधमा छन् । तर, भेषराज आचार्यको शालीन व्यक्तित्व र इलामको माटो सुहाउँदो विकासको रोडम्यापले धेरैको मन जितिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.