पोखरा गोल्डकप : सहारा च्याम्पियन

पोखरा गोल्डकप : सहारा च्याम्पियन

पोखरा : आयोजक सहारा क्लब पोखरामा शनिबार सम्पन्न २५औं संस्करणको आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २—० गोलले पराजित गर्दै सहाराले प्रतियोगिताको २५ वर्षे इतिहासमा दोस्रो पटक उपाधि जितेको हो । सहराले यसअघि १२औं संस्करणमा पहिलो पटक उपाधि जितेको थियो । 

प्रतिस्पर्धात्मक खेलको २५औं मिनेटमा मुकुन्दकुमार निउरेले गोल गर्दै सहारालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि जावलाखेल दबाबमा परेको थियो । ७३औं मिनेटमा सहाराका विदेशी खेलाडी डेनियल बडारुले गोल गर्दै अग्रता फराकिलो पारेका थिए । सुशील लामाको पासमा बडारुले बललाई विपक्षी पोस्ट्को जाली चुमाएका थिए । १४ वर्षपछि फाइनलमा पुगेको जावलाखेल युथ क्लब अन्तिम समयसम्म खेलमा फकर्ने लक्ष्यका साथ प्रतिस्पर्धामा प्रयासरत रहे पनि गोल गर्न चुक्दा पहिलो पटक उपाधि जितेर इतिहास रच्ने अवसरलाई सदुपयोग गर्न सकेन । 

उज्वेकिस्तानको आभा एफसीलाई पराजित गर्दै जावलाखेल युथ क्लब १४ वर्षपछि फाइनलमा पुगेको थियो । आयोजक सहाराले भने ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा पराजित गर्दै जावलाखेलसँगको भेट पक्का गरेको थियो ।  

२५ औं संस्करणको प्रतियोगितामा आभा फुटबल क्लब उज्वेकिस्तानले फेयर प्ले पुरस्कार पायो ।  उदयीमान खेलाडीको पुरस्कार सहाराका मुकुन्द्रकुमार निउरेले पाए । उत्कृष्ट गोलरक्षक सहरा क्लबकै टिकेन्द्र थापाले भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार जावलाखेलका खेलाडी बोउबाकरले पाए । उत्कृष्ट फरवाड जावलाखेल युथ क्लबका धमेन्द्र कुँवर भए भने उत्कृष्ट प्रशिक्षकको पुरस्कार सहाराका सुनिल रानामगरले पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सहारा क्लबका मुकुन्दकुमार निउरेले स्कुटर पुरस्कार पाए । विधागततर्फका खेलाडीले नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।  

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहा रारा पोखरा गोल्डकपको विजेता सहाराले १४ लाख एक हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता जावलाखेल युथ क्लबले सात लाख एक हजारमा चित्त बुझायो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.