निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना, ८ जना गम्भीर घाइते

निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना, ८ जना गम्भीर घाइते

भोजपुर : आसन्न निर्वाचनका लागि खटिएको नेपाली सेनाको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। भोजपुर नगरपालिका–३, गुप्तेश्वरको नाम्ताङ (सेतीबगर) स्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत बा ४ ख ७३१७ नम्बरको नेपाली सेना सवार बस सडकबाट करिब ५ सय मिटर तल खसेको हो।

निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकाको स्थलगत अनुगमनपछि फर्कँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार नेपाली सेनाका २३ जना, १ जना सहयोगी, चालक र सहचालकसहित २६ जना घाइते भएका हुन् । दुर्घटनामा ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल भोजपुर ल्याइएको थियो। गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजु लामाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.