सुनका गरगहना चोरीको आरोपमा दुई जना पक्राउ

सुनका गरगहना चोरीको आरोपमा दुई जना पक्राउ
सुन्नुहोस्

गुलरिया : बर्दियामा प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको छ। बारबर्दिया नगरपालिका वडा नम्बर ३ निवासी रामबहादुर सुनारको घरमा दुई साता अघि सुनका गरगहनासहित नगद चोरी भएको थियो।

प्रहरीले चोरीको आरोपमा बाँसगढी नगरपालिका वडा नम्बर ९ माछागढ स्थित न्यू अस्मिता सुनचाँदी पसल सञ्चालन गरी बस्ने ३४ वर्षीय मानबहादुर कसेरा र जिल्ला कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ४ निवासी ३४ बर्षिय इमराम हसनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए। 

घरमा कोही नभएका बेला दिउँसै चोरिएको तिलहरी, मंगलसूत्र लगायतका सुनका गरगहनाहरू र नगद ६० हजार रुपैया प्रहरीले बरामद गरेको जनाएको छ। उनीहरूबाट चोरी भएको धनमाल रितपूर्वक बरामद गरी बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मल्लाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.