सिद्धान्तमा सम्झौता गरेर कांग्रेस अब कहिल्यै सरकारमा जाँदैन : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्तमा सम्झौता गरेर अब आफ्रनो पार्टी कुनै र कहिल्यै सरकारमा नजाने बताएका छन् । 
काठमाडौं निर्वाचन क्षेत्र–५ को क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सिद्धान्त, मूल्य र मान्यतामा सम्झौता गर्नु परे अब कांग्रेस एउटा नभई पाँच वटा सरकारमा नजाने दावी गरे ।

सरकार बनाउने, सरकारमा जाने अवसर पार्टी जीवनमा आइरहने बताउँदै सभापति थापाले आफूहरु बन्न, बनाउन चाहने, चुनाव जित्ने तर सम्झौता गरेर अब सरकारमा नजाने स्पष्ट पारे । पञ्चायतका बेला बीपी कोइरालाले एउटा निवेदन मात्र लेखेको भए प्रधानमन्त्रीबाट निस्किनु पर्ने, जेल बस्नुपर्ने अवस्था नहुने स्मरण गर्दै सभापति थापाले कांग्रेसको विचार र सिद्धान्तलाई आत्मसात गर्दै बीपी बरु आठ वर्ष झ्यालखाना बसेको बताए । 

‘यही कांग्रेस होइन भइरहेको प्रधानमन्त्री आठ वर्ष झ्यालखानामा बसेर आएको, त्यो बेला एक निवेदन लेखेको भए बीपी कोइराला फेरि प्रधानमन्त्री बन्नु हुन्थ्यो होला नि त ! सत्ता नै सबै कुरा थियो, सरकार नै सबै कुरा थियो भने त कांग्रेस त निरन्तर सत्तामा रहिराख्थ्यो होला नि त’, थापाले भने, ‘त्यो कांग्रेस होइन हामी ? त्यस्तै कांग्रेस बनाउने हो फेरि । हामी बनाउँछौं ।’ उनले नेपालको सन्दर्भमा चुनावअघि गरिने गठबन्धन ठगबन्धन भएको पनि बताए । त्यसैले यस पटक कुनै पार्टीसँग गठबन्धन नगरेर कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.