रुकुम पूर्वमा भारी हिमपात, जनजीवन प्रभावित

रुकुम पूर्वमा भारी हिमपात, जनजीवन प्रभावित
तस्बिर : निराजन सिर्पाली
सुन्नुहोस्

रुकुम पूर्व : रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ।  हिमपातका कारण जनजीवन प्रभावित भएको छ। मंगलबार रातिदेखि परेको  हिमपातका कारण मध्यपहाडी लोकमार्गसहित विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ भने सवारी आवागमनसमेत प्रभावित भएको छ । 

null

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको जनाउँदै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

हिमपातको जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सुरक्षित रहन,अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा काम विशेषले यात्रा गर्नुपर्ने अवस्थामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

null

हिमपातका कारण सडक अवरुद्ध भई यातायात सञ्चालनमा समस्या देखिएकाले जिल्लास्थित यातायात व्यवसायीलाई मौसमको पूर्वानुमानको आधारमा मात्र सवारी साधन सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

null

त्यस्तै,हिउँ खेल्न आउने,हिमाल आरोहण तथा पदयात्रामा निस्कने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.